परराष्ट्रमन्त्रि ज्ञवाली र अमेरिकी विदेशमन्त्री माईकल पम्पियो वीच भेटवार्ता ।

December 19, 2018

अमेरिकी सरकारको निमन्त्रणमा अमेरिका आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माईकल पम्पियो वीच भेटवार्ता गरियो । स्टेट डिपार्टमेन्टमा भएको भेटवार्तामा दुई देशबीचको प्रतिनिधि वीच कुटनीतिक सम्बन्धको साथै आर्थिक सहयोगको बारेमा छलफल र कार्यन्वयनको बारेमा छलफल भएको थियो । नेपाल र अमेरिकाबीच लामो समयपछि भएको परराष्ट्रमन्त्री स्तरीय औपचारिक भेटवार्ताको छलफल र समीक्षा निकै महत्वपुर्ण भएको सरकारले जनाएको छ । भेटको अवसरमा परराष्टमन्त्री ज्ञवालीले नेपालको वर्तमान सरकारको प्राथमिकता परराष्टट्र नीति, नेपालको शान्तिप्रक्रिया, सविधान कार्यन्वयनको अवस्था, अमेरिकी सहयोगको अवस्था र विकासको विषयमा जानकारी गराएका थिए । दुई पक्षीय भेटघाटमा मिलिनियम च्यालेन्ज कोअप्रेसनको कार्यान्वयनको अवस्थाका र अन्य विविध पक्षका बारेमा अमेरिकी विदेशमन्त्री पाम्पियोले चासो प्रकट गरेका थिए । यस अघि नेपाल र अमेरिकाबीचको परराष्ट्रमन्त्री स्तरिय भेटवार्ता सन् २००२ जनवरीमा काठमाडौंमा भएको थियो । त्यस अवधीमा सरकारी प्रतिनिधिहरुको रुपमा उच्च कर्मचारी तथा राजदूतस्तरमा छलफल हुदै आएको थियो ।

सम्बन्धित समाचार