पर्खाल लगाउने बजेट दिएमा डाका र टिपिएसको म्याद थप्ने ट्रम्पको प्रस्ताब प्रतिपक्षिद्धारा अस्वीकार

January 20, 2019

राष्ट्रपति डोनल्ड ट्रम्पले अहिलेसम्म बन्द रहेको सरकारी खुलाउन विपक्षी दल डेमोक्रेट पाटी समक्ष विभिन्न प्याकेज सहितको प्रस्ताब गरेका छन । उनले शनिवार दिउसो टेलिभिजन सम्बोधन मार्फत अमेरिका र मेक्सिको सिमानामा पर्खाल लगाउनका लागी लाग्ने ५.७ विलियल डलर पारित गरेमा बच्चा अवस्थामा गैरकानुनी रुपमा अमेरिका छिरेका (डाका) ७ लाख आप्रवासीहरुको बसाइ थप गरिदिने र टिपिएसको म्याद पनि थप गर्ने प्रस्ताव राखेका थिए । तर प्रतिप्रक्षि दल डेमोक्रेटले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पको सम्बोधन लगतै सभामुख न्यान्सी पोलोसीले राष्ट्रपति ट्रम्पको सर्त र प्रस्तावहरू आफूहरूलाई मान्य नभएको विज्ञाप्ती मार्फत जनाएको छ । राष्ट्रपति ट्रम्पले मेक्सिको सीमानामा पर्खाल लगाउने बजेटको सम्बन्धमा प्रतिपक्षसग कुरा नमिलेपछि २८ दिन अघि सरकारी बन्द भएको हो । अमेरिकाको इतिहासमा यति धेरै सरकारी बन्द भएको पहिलो हो । जनवरी १९ तारिखसम्ममा २९ औ दिन बन्द भएको छ । बन्दको कारण सरकारी कर्मचारीहरुलाई निकै समास्या परेको छ ।

विभिन्न मुलुकमा प्रतिकुल समास्या हुदा अमेरिकामा बस्दै आएका ३ लाख सम्बन्धीत मुलुकका नागरिकहरुलाई अमेरिकी सरकारले टिपिएसको सुविधा दिदै आएका छन । टिपिएस लिनेहरु जम्मा ३ लाख व्यक्तिहरु मध्ये नेपालीहरु पनि करिब १० हजार रहेका छन । सानैमा अमेरिकामा आएर हुर्केका कागज नभएको ढाकामा ७ लाख व्यक्तिहरु रहेको सरकारी तथ्याङकले देखाएको छ ।

‘ राष्ट्रपति ट्रम्पले पर्खाल लगाउने निहुमा तोकिएको बजेट दिएमा टिपिएस र ढाकाको लागी ३ बर्ष लम्बाउने सर्तमा राखेको प्रस्ताव मात्र हो । यसले तोकिएको अवधीभित्र देश निकाला नगर्ने र अस्थायी काम गर्न पाउने सुविधा मात्र हो तर यसले गि्रन कार्ड र सिटिजन बनाउने प्रावधान छैन’ कानुन व्यवसायी बासु फुलाराले बताए ।

 

सम्बन्धित समाचार