शेर्पा किदुगको अधिबेसन फेबररी २ मा

December 14, 2018

युनाइटेढ शेर्पा एसोसियसन (शेर्पा किदुग) को अधिबेसन आगामी फेबररी २ तारिख किदुगको भवनमा हुने लागेको छ । अधिबेसनमा बषिर्क प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने भएको छ । अधिबेसनले किदुगको दुई बर्षको लागी अर्को नया कार्यसमिति चयन गर्नका लागी निर्वाचन कमिटि चयन गरिसकेको शेर्पा किदुगका महासचिव तेन्डी शेर्पाले बताएको छ ।

किदुगका पुर्व अध्यक्षहरु सम्मिलित निर्वाचन समितिमा परेको उम्मेद्धवरहरुको नामवालीको आधारमा नया कार्यसमिति चयन गर्न लागेको छ । ११ सदस्यीय कार्यसमितिको लागी तोकिएको भन्द बढि उम्मेद्धवर आएमा फेबररी ९ तारिख म्यानहृटनस्थित अर्मनियन चर्चमा हुन लागेको ल्होसार पाटीमा निर्वाचन समितिले निर्वाचन प्रक्रियाबाट चयन गर्न लागेको महासचिव तेन्डीले विज्ञाप्ती मार्फत जनाएको छ । निर्वाचनको दिउसो २ बजेदेखि बेलुकी ८ बजेसम्म रहेको विज्ञाप्तीमा जनाएको छ ।

सम्बन्धित समाचार