२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

बाबुरामको बस्ती बारपाकमा बिन्दु बनाएर बिनासकारी बडाभूकम्पले बित्यास बनायो


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

बहत्तर साल वैशाख बाह्र गते बाह्र बज्न बाह्र मिनेट बाँकी बन्ने बेलामा बाबुरामको बस्ती बारपाकमा बिन्दु बनाएर बिनासकारी बडाभूकम्पले बित्यास बनायो । बाह्र गते बाह्र बज्न बाह्र मिनेट बाँकी बन्ने बेलामा बत्तिएर बाउठिएको बडाभूकम्पले बारपाक, बाह्रबिसे, बिदुर, बटार, बानेश्वर, बालुवाटार, बिजेश्वरी, बागबजार, बबरमहल, बल्खु, बुढानिलकण्ठ, बालाजु, बसपार्क, बाइपास, विशालनगर, बाफल, वसन्तपुर, बसुन्धरालगायतमा बाह्रसय बस्तीमा बेस्सरी विनास बनाएछ । विनास बनाएपछि बझाङ, बाजुरा, बारा, बैतडी र बाग्लुङका बासिन्दाले बालुवाटारमा फोन गरेर बुढालाई बताएसी बुढाले बत्तीस दल बोलाएर बामदेवसँग बार्तामा बसेछन् ।

बस्तीबस्तीमा बुढाबुढी बच्चाबच्ची, वयस्क, विरामीहरुलाई बिजोग र बेहाल बनायो । बस्तुभाउ र बाख्राहरुको बेहाल बनायो । बाछाबाछीहरु बाँ…बाँ…गर्दै विच्किए विचरा…। बयासी बर्षपछि बहत्तर सालमा बत्तिएको बडाभूकम्पले बाँचेका विरामी बाबुनानीहरुको नि बेहाल बनायो । विचरा बिरामीहरु ब्यान्डेज बाँधेर बर्बराइरहन्थे । बेलायत, बुरुन्डी, बम्बई, बेइजिङ, ब्राजिल, बंगलादेश, ब्रुनाई, बोलेभियालगायत बैसट्ठी विदेशबाट बासबस्त्र बाँडन बार्तामा बसे ।
विश्व नै विश्वासविहीन बनायो । वैज्ञानिक, विद्वान र विशिष्ट व्यक्तिलेसमेत बडाभूकम्पबारे बताउन बिर्से । विचरा बस्ती विहीनहरुलाई बस्ती बसाली बामदेवले बाह्रबाह्र हजार बाँडेछन् । बस्तीविहीनहरुलाई बेइजिङ, बम्बै, बंगलादेशबाट बलियो पाल बडा बिआइसिसिको विशिष्ट व्यक्तिहरुलाई बाँडे । बास बनाउन विदेशीबाट वितरित बलियो जस्ता नि विशिष्ट व्यक्तिले बेचेछन् ।

बामदेवले बस्तीबिहिनहरुलाई बाँडेको बाह्रबाह्रले बास त बन्ला । बेलाबेला बत्तीने बतासले बेहाल विचल्ली बनाउँछ बा । विकसितले विचल्ली बनेका बस्तीमा बलियो बास बनाइदिन्छु भन्दा नि बामदेवले बास बनाउन दिएनन् । बहत्तर वैशाख बाह्र गते बाह्र बजे विनास बनेका विश्वसम्पदा र बस्ती बनाउन बालबालिका, बृद्धबृद्धा, वयस्क, बल बाँधेर बनाउने हो भने बिस वर्षमा बन्ने बस्ती बाह्र बर्षमै बन्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ११ : ५५ बजे