४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

अमेरिकी बजारमा उपलब्ध विभिन्न किसिमका जीवन बीमा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

सुरेन्द्र मल्ल

हामी आफ्नो जन्मभूमि नेपालबाट झोला–सुटकेस घिसार्दै मनमस्तिकमा यहाँको विभिन्न अवसरलाई उपयोग गर्दै आर्थिक सम्वृद्धि हासिल गरी भविष्यमा सूखमय जीवन जिउने र बालबच्चाहरूलाई राम्रो शिक्षा प्रदान गर्ने जस्ता अमेरिकी सपना बोकी सात समुंद्र पारी अवसरको राष्ट्र अमेरिकामा आइ बसेका छौं । अमेरिका(युएसए) को मतलब ‘यु स्टार्ट अगेन’ भने जस्तै अमेरिकी भूमिमा टेकेपछि एउटा कोठा अर्थात् अपार्टमेन्टमा सबै परिवार कोचीई झोलासूटकेस खोली नेपाल रहंदाबस्दाको आफ्नो पृष्ठभूमिलाइ थान्को लगाई हामी आफ्नो अमेरिकी सपनाको बाटो श्री गणेश गर्छौं ।

स्टोर, रेस्टुराँ र ग्यास स्टेसनबाट (केहि अपबाद बाहेक) एवं रितले समय बित्दै जाँदा अन्य अवसरहरूको खोजी गर्दै जान्छौं र विभिन्न पेसा अनि व्यापार सम्हाली बस्छौं । कामको आधारमा कहीं कसैको भेदभाव नहुने भए तापनि केही मानिसहरू यहाँको जीवनको गतिसँगै आफुलाई हिँडाउन नसक्दा निराश भइ स्वदेश फर्की गएका उदाहरण पनि छन् भने धेरै जसो हामी अमेरिकी सपना हासिल गर्ने दौडमा दिनरात सामेल भै रहेका हुन्छौं । यहाँको जीवनशैली र जीवनप्रणालीमा आफुलाई समाहित गर्दै जाने कोसिस गरिरहेका हुन्छौं । प्रायः जसो हामी ‘पे चेक टु पे चेक’ अवस्थामा बाँचिरहेका छौं यहाँ । पैसाको लागि कडा मेहनतका साथ काम ग¥यो । एक साहूबाट चेक ल्यायो अर्को साहूहरूलाइ बुझायो अवस्था प्राय धेरैको यस्तै रहेको छ । पैसाको लागि हामी कडा मेहनत गर्छौं तर वित्तिय साक्षरताको कमीको कारण पैसालाई आफ्नो लागि काम गराउने ज्ञान कमैलाई मात्र होला । व्यस्त अमेरिकी जीवनमा मासिक आम्दानी, बैंक स्टेटमेन्ट र बिलबीचको तालमेल मिलाउन नै धौधौ परिरहेको अवस्थामा आफ्नो बुढेसकाल अर्थात् रिटायरमेन्टकोबारेमा सोच्ने हामीलाई फुर्सत सम्म हुँदैन ।

भोलिका दिन कथमकदाचित हामी घर परिवारको मूलीलाइ केही भै दियो र सदा भित्रिने आम्दानीको बाटो थुनियो भने बाँकी रहेका परिवारको आर्थिक भविष्य के हुने ? कसरी जीवन चलाउलान ? भन्ने सम्बन्धमा सोच्ने हामीलाई फुर्सतसम्म छैन । यस्तो सम्भावित अप्रिय अवस्था आइपर्दा आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति आफ्नो परिवारको बित्तिय भविश्यको बेलैमा सुरक्षित गर्नु अपरिहार्य हुन आउँछ ।
अवसरको भूमि अमेरिकामा हामीले नयाँ संघर्षमय जीवन सूरु गर्दा हाम्रो आर्थिक जिम्मेवारी धेरै ठुलो रहन्छ र यसलाई कम गराउंदै धन सम्पति जोर्ने सपनालाई अगाडी बढाउन हाम्रो आर्थिक घरको जग मजबूत गर्नु ज्यादै महत्वपूर्ण कदम हुन आउछ । यसको लागि जीवन बीमा आर्थिक घरको एक दरो जगको रूपमा स्थापित हुने मात्र नभई परिवारको आर्थिक भविश्य सूरक्षित राख्नको लागि यसको महत्वपूर्ण एवं ठूलो भूमिका रहन सक्छ । जीवन बीमा सम्बन्धमा एक जना लेखकले लेखेका छन्, ुँ’For a large percentage of Americans, life insurance can provide short-term financial relief, long-term stability, and even a little extra peace of mind for policy holders.’ यसै सिलसिलामा अमेरिकी बजारमा उपलब्ध विभिन्न खाले जीवन बीमा सम्बन्धी आधारभूत सामान्य जानकारी जस्तै जीवनबीमा के हो ? के सदैब हामी बीमा योग्य हुन्छौं ?अनि अमेरिकी बजारमा कति किसिमका जीवनबीमाहरू छन् ? भन्ने सम्बन्धमा यहाँ प्रस्तुत गर्न गैरहेको छु । आशा छ यस जानकारीले सबैलाई जीवन बीमा सम्बन्धी केही आधारभूत सामान्य ज्ञान मिल्ने छ । विज्ञहरूबाट थप जानकारी पेश हुनेछ भन्ने आशा लिएको छु ।

जीवन बीमा के हो त ?

जीवनमा कम उमेरमा नै मृत्यू हुनु, लामो समयसम्म जिउनू र लामो समयसम्म बिरामी पर्नु जस्ता कुराहरू हुनसक्छन् । यी तीन कुराहरू कहिल्यै पनि हाम्रो नियन्त्रणमा रहदैन र यसको लागि जीवनमा केही व्यवस्था गर्नु आवश्यक पर्दछ । जीवनमा अप्रत्यासित अवस्था आई घरको मूख्य आयआर्जकको अल्पआयूमा नै मृत्यू अथवा अशक्त भई आय बन्द हुँदाको अवस्थामा बाँकी रहेका परिवारको जीवनमा आर्थिक संकट नआओस भनी व्यवस्था गर्न आफ्नो मृत्युपश्चातको जोखिम बीमा कम्पनीलाई सार्नु नै जीवन बीमा गर्नु हो । जीवन बीमाले अर्को जीवनको प्रतिस्थापन गर्न नसकेता पनि मूख्य आयआर्जकको शून्यतामा केही बर्षको लागि आय प्रदान गर्दछ जसले गर्दा बाँकी रहेका परिवारका सदस्यहरूले आफ्नो जीवनशैली र शिक्षाको निरन्तरता कायम राख्न सक्छन् । जीवन बीमा पोलिसी बीमित र बीमा कम्पनीबीचको सम्झौता पत्र हो । जसमा बीमितले केही रकम प्रिमियमको रूपमा कम्पनीलाइ मासिक या बार्षिक रूपमा तिर्ने र विमितको पोलिसी अवधिमा मृत्यू भएको खण्डमा बीमितको परिवारलाई बीमा कम्पनीले ठुलो रकम -Death Benefit_ उपलब्ध गराउने मन्जूर गरिएको हुन्छ ।

के हामी जूनसुकै उमेरमा पनि बीमा योग्य हुन्छौं ?

प्रायः सबै किसिमका जीवन बीमाको लागि आवेदन दिँदा शारीरिक स्वास्थ्य जाँच पनि गर्नु पर्ने हुन्छ । बीमा कम्पनीले हाम्रो शरीरको उचाई र वजनको नापतौल गरी रगत र पिसाबको पनि जाँच गर्दै बितेका समयका स्वास्थ्य अभिलेख पनि हेर्दछ । अनि कम्पनीले पारिवारिक स्वास्थ्य इतिहास पनि खोज्न सक्छ । यति मात्र नभई आवेदकको ड्राईविङ अभिलेख अर्थात् प्रतिवेदन पनि बुझ्नुका साथै आवेदकको जोखिमपूर्ण खेलको शोख बारेमा पनि जानकारी लिन सक्छ । यिनै आधारमा कम्पनीले आवेदकको बीमा दरको निर्धारण गर्दछ । खराब स्वास्थ्य स्थिति देखिदा बीमा आवेदन अस्वीकार गर्न सक्छ भने स्वीकार गर्दा चर्को बीमा दर लगाउन सक्छ । यसैले आफ्नो परिवार र बालबच्चाहरूको सुरक्षित आर्थिक भविष्यबारेमा सोची जीवन बीमाको आवश्यकता र महत्व रहेको महसुस गर्नु हुन्छ भने आफु स्वस्थ तन्दुरूस्त रहंदा नै अर्थात् समयमा नै आफुलाई उपयुक्त किसिमको बीमा गर्नु उपयुक्त हुन्छ किनकि भोलि कसैले पनि देखेको हुँदैन । हामीले काम गर्ने ठाउँको वातावरण र कामको किसिमले दिनप्रतिदिन हाम्रो स्वास्थ्यलाइ प्रभावित पारेको हुन्छ । यिनै कारण भविष्यमा हामी बीमा गर्न योग्य नहुन पनि सक्छौं ।

यसै सन्दर्भमा केही विचार गर्नुपर्ने तथ्यहरूः

‘क्यान्सर डट ओआरजी’मा प्रकाशित एक अभिलेख अनुसार अमेरिकामा हरेक २ लोग्ने मान्छेमा १ र हरेक ३ स्त्री मध्ये १ मा क्यान्सरको सम्भावना रहेको हुन्छ । त्यस्तै गरी ‘अहजर्नल डट ओआरजी’मा प्रकाशित तथ्यांकअनुसार करिब ८० मिलियन अमेरिकनहरूमा एक वा एक भन्दा बढी मुटुसँग सम्बन्धित रोग रहेको छ । यति मात्र नभई वृद्धहरूलाइ कुनै न कुनै किसिमको लामो समयसम्मको स्याहारसुसार ‘लंग टर्म केयर’ चाहिने कुरा ‘मनी डट युएसन्युज डटकम’मा ‘हाउ टु एभोइड बिइङ अ फिनान्सिएल बर्डेन अन योर चिल्ड्रेन’ शीर्षकको लेखमा उल्लेख छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ४९ बजे