नारायण सापकोटा/न्युयोर्क
श्रीमती र छोरा, छोरीसँग ६ वर्षपछि भेट्दा कृष्ण वस्तीका आँखामा आँशु आए । श्रीमती र छोरा, छोरीले पनि न्यायो स्वागत गर्दै गहभरि आँशु निकाले । ‘लामो अवधिमा परिवारसँग भेट हुँदा सबैको आखा रसाए’ उनले भने ।
कृष्ण वस्ती अमेरिका छिरेको ६ वर्ष नाघेपछि नेपाल गएर परिवारसँग पुर्नमिलन गरि न्युयोर्क फर्केका हुन् । उनी सेप्टेम्बरको अन्तिममा नेपाल गए । दुई महिना बसे, परिवार, आफन्त र साथीभाईस“ग भेटे । दसैंतिहार मनाएर न्यूयोर्क फर्किए ।
वस्तीसँगै १५ वर्षसम्म नेपाल नफर्किएका नेपालीहरुको परिवारस“ग भेट हुन थालेको छ । ग्रिन कार्ड र नागरिकता नभएपनि नेपाल गएर अमेरिका फर्कन पाउने व्यवस्था भएपछि कागजविहिन नेपाली समुदायको परिवारसँग पुर्नमिलन सम्भव भएको हो ।
केही समय अमेरिकामा बस्ने हिसाबमा यता आएका वस्ती यतैको वातावरणमा रमाए । फर्कने, फर्कने भन्दा भन्दै झण्डै एक दशक उनले न्युयोर्क मै बिताए । तर उनका तीन बच्चा र श्रीमती नेपालमा नै छन् ।
लामो अवधिमा स्काईपमा श्रीमती र बच्चाहरुस“ग कुराकानी गरि न्यास्रो मेट्दै आएका वस्तीलाई अमेरिकी सरकारले दिएको टिपिएसले परिवारस“ग पुर्नमिलन गराएको हो । ‘धेरै वर्षमा दुई महिना नेपालमै परिवारस“ग बसेर मनाए’ वस्तीले भने ।
सुरुमा अमेरिका फर्कन समस्या पर्ने हो की भन्ने डर उनलाई थियो । तर ट्राभल डकुमेन्ट बनाएपछि उनको यो शंका हटेर गयो । ‘ट्राभल डकुमेन्ट आएपछि ढुक्क भएर गएँ र आएँ’ उनले भने ।
टिपिएसमा आवेदन गर्नेहरु मध्ये केहीको आवेदन चा“डै स्वीकृत भएको थियो भने कसैले ढिला भएको थियो । टिपिएस मार्फत नेपाल गएर फर्कन मिल्ने कानुनी व्यवस्था हु“दा पनि धेरैले पत्याएका थिएनन् । नेपाल गएपछि फर्कन नमिल्ने डरले केही नेपालीले टिपिएसका लागि आवेदन नै गरेनन् । अहिले नेपाल गएर फर्किने नेपालीको संख्या बढेपछि गतवर्ष टिपिएसका लागि आवदेन नदिनेहरु पनि ट्राभल डकुमेन्ट बनाउन तम्सेका छन् । कुनै डर नमानि टिपिएसमा आवेदन गरि नेपाल गएर आए हुने सुझाव वस्तीले दिए ।
सुरुमा आउँदा केही महिना अमेरिका बसेर नेपाल फर्कने योजना बनाएका वस्तीले अन्य प्रक्रिया अगाडी बढाएनन् । पछि अमेरिकाको अवसरले यतै बस्न प्ररित गरेको उनले बताए । आर्थिक स्थिति सुधार्नका लागि अमेरिका नै वस्नुपर्ने अवस्था एकातिर थियो भने अर्कोतिर यहा“ वातावरणमा वस्ती रमाउँदै गए । ‘फर्कन्छु भन्दा भन्दै बसियो’ उनले भने’रोजगारी, आम्दानी, मानवअधिकार, स्वतन्त्रताले यतै खिच्यो ।’
हुनपनि धारामा आउने तातो र चिसो पानी, चुलोमा पाईप जोडिएको ग्याँस, कुनै पनि वेला नभिभ्ने विजुली, सहज र सस्तो यातायात सेवा, पैसा नभएपनि स्वास्थ्य उपचार पाउने अवस्था, पढ्न चाहनेलाई शिक्षाको अथाह अवसर, विजनेश गर्न चाहनेको लगानीको सुरक्षा, रोजगारीका अवसर, निश्चित आम्दानीमा पनि कार, घर किन्न सकिने वातावरण र अन्याय परेको अवस्थामा सरकारी निकायमा गरिने उजुरीको सुनुवाई लगायतका विषयले नेपालीलाई अमेरिकामा नै आकर्षित गर्दै गरेको छ । ‘अवसरको भूमिलाई छोडन मन लागेन’ वस्तीले भने ।
विगतमा वर्क परमिट, सोसल सेक्युरिटी नम्बर नभएपनि न्यूयोर्कमा उनले रोजगारी गर्दै सरकारलाई कर भने बुझाउ“दै आएका छन् ।
वस्ती जस्ता धेरै नेपाली कागजपत्र विहिन छन् । उनी त जहाज चढेरै अमेरिका आएका हुन् । भिषा नलिई मेक्सिकोको सिमाबाट एकवर्ष भन्दा बढी समय लगाउ“दै अमेरिका छिरेका धेरै नेपालीस“ग पनि कानुनी आधार छैन । जुन सुकै अवस्थामा अमेरिका आएको भएपनि टिपिएसमा आवेदन गर्न सकिने व्यवस्था छ ।
कोही अरु कसैको राहदानी प्रयोग गरेर अमेरिका छिरेकालाई पनि आफ्नो नाम रेकर्ड गर्ने अवसर टिपिएसले प्रदान गर्दछ । कुनै पनि माध्यमबाट अमेरिका प्रवेश गर्नेलाई टिपिएसले समेट्दछ ।
कानुनी आधार नहुनेसँग न त वर्क परमिट हुन्छ न त ग्रिनकार्ड नै । यसको अभावमा परिवार पनि सँगै हुने कुरै भएन । तै पनि अमेरिकी सपनाले धेरैलाई यतै राख्दै आएको छ ।
कागजपत्र नभएपनि अमेरिकी कानुन वमोजिम बसेको खण्डमा सामान्यत सरकारले फिर्ता पनि पठाउ“दैन । तर कुनै कारणवश सरकारले डिर्पोटेशन गर्न लागेको अवस्थामा टिपिएसको आवेदनबाट डिर्पोटेसन विरुद्वको सुरक्षा पनि आवेदकले पाउने छन् ।
जुन २४, २०१५ सम्म अमेरिकामा बसोवास गर्दै आएका नेपालीले टिपिएसका लागि आवेदन गर्न पाउ“छन् । पहिलो पटक १८ महिनाका लागि दिईएको टिपिएसको म्याद सकिन लागेको छ । फेरि आवेदन दिने म्याद डिसेम्बर २६, २०१६ सम्म खुला छ ।
अमेरिका आउनुघि नेपालमा बसोवास गरेका नागरिकता विहिनले पनि टिपिएसमा आवेदन दिन सक्छन् । अघिल्लो पटक आवेदन नदिनेहरु पनि यसपटक फेरि टिपिएस लिने आवेदनका लागि लयर्सका कार्यालय धाउन थालेका छन् । अन्य माध्यमबाट कागज बनाउने कार्य अस्वीकृत भएका नेपालीहरुले पनि अहिले टिपिएसको आवदेन दिन थालेका छन् । टिपिएसको म्याद थप भैसकेकोले विगतमा नलिएका नेपालीहरुले फेरि आवेदन दिन थालिसकेका हुन् ।
नेपाली समुदायले दोस्रोपटक अमेरिकी सरकारले दिएको टिपिएसको अवसरको सदुपयोग गरेका हुन् । नेपाल भूकम्पको विपत्तिमा परेपछि अमेरिकी सरकारले वर्क परमिटदेखि उता गएर फर्कन पाउने टिपिएसको सुविधा डेढवर्षअघि पहिलो पटक दिएको थियो । अहिले त्यसैलाई नविकरण गरिएको हो ।
अमेरिकी सरकारले भूकम्पको कारण नेपाललाई गत वर्ष दिएको टिपिएसको म्याद फेरि १८ महिनाको लागी थपेको हो । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटिका अनुसार यही डिसेम्बरको २४ तारिख म्याद सकिन लागेको नेपालीको टिपिएसको म्याद थपेर अब २०१८ को जुन २४ तारिखसम्मलाई दिएको छ । यो डिसेम्बर २५ देखि नविकरण हुनेछ ।
गत वर्ष टिपिएस पाउनेहरुको म्याद थप्नुको साथै त्यतिखेर लिन नपाएकाहरुले पनि यसपटक लिन सक्नेछन् । गत वर्ष तोकिएको समयभित्र टिपिएस आवेदन नगर्नुको कारण खुलाएर यसपटक यसका लागि आवेदन गर्न सकिन्छ ।
टिपिएस (टेम्पोररी प्रोटेक्टेट स्टाटस) विपत्तिमा परेको मुलुकको नागरिकलाई अमेरिकी सरकारले दिदै आएको सुविधा हो । यो सुविधाले अमेरिकामा कागजात नभएकोलाई काम गर्ने अनुमति पत्र (वर्क परमिट) पाउनका साथै छोटो समयको लागी आफनै देशमा गएर फर्कने सुविधा प्रदान गर्दछ । नेपालमा गत वर्ष गएको भूकम्पमा परि नेपाल र नेपालीले ठुलो कष्ट भोग्नु परेपछि अमेरिका बस्ने नेपालीलाई सरकारले टिपिएसको सुविधा दिएको हो । गत वर्ष टिपिएस पाउनका र यस पटक नविकरणका लागि नेपाल सरकार र अमेरिकामा रहेका विभिन्न नेपाली समुदायका सस्थाहरुले अमेरिकी सरकारलाई अनुरोध गरेका थिए ।
विपत्तिमा परेका देशलाई अमेरिकाले सहयोग स्वरुप टिपिएस दिने कानुनी व्यवस्था सन् १९९० मा भएको थियो । यही अनुरुप सन् १९९९ मा पहिलो पटक निकारागुवाले टिपिएसको सुविधा पाएको थियो । त्यतिखेरको सुविधा हरेक पटक १८ महिनाको दरले थप्दै अहिले पनि जारी राखिएको छ । निकारागुवाको म्याद सन् २०१८ सम्मका लागि थपिएको छ । २००१ मा एलसाल्भाडोरले पाएको टिपिएसको म्याद पनि २०१८ सम्म थप्दै ल्याईएको छ । नेपाल भन्दा अगाडी टिपिएसको सुविधा गिनी, हैटी, होन्डुरस, सिरालियोन, यमन, सोमालिया र लाईबेरियाको म्याद पनि पटकपटक थप्दै ल्याईएको छ । यो आधारमा नेपालले पाएको टिपिएसको म्याद पनि थप हु“दै जाने विश्वास गर्न सकिन्छ ।
टिपिएस मार्फत कानुनी आधार तयार भएपछि कामका अवसर बढ्ने छन् । विजनेस गर्न चाहनेका लागि पनि यसले आधार प्रदान गर्नेछ ।
यसैले ग्रिनकार्ड पाउनु भएको छैन भने टिपिएसमा आवेदन गरिहाल्नुस । अदालतमा मुद्दा विचाराधिन रहेकाहरुलाई समेत टिपिएसमा आवेदन गर्नुपर्ने सुझाव लयर्सले दिंदै आएका छन् । अन्य प्रक्रियामा रहेकाहरुले एक पटक लयर्सस“गको सल्लाहमा टिपिएसमा आवेदन गर्नु लाभदायक हुन्छ । यसका लागि त्यति धेरै खर्च पनि लाग्दैन ।