७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमेरिकामा नेपालीको संख्या २ लाख ३१ हजार १ सय ४१ सार्वजनिक


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क— अमेरिकामा नेपालीको जनसंख्याको २ लाख ३१ हजार १ सय ४१ भएको तथ्याङकले एनआरएन नेपाली अमेरिकन जनसंख्या अध्ययन टोलिले सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन एनआरएनको पाचौ साधारण सभामा उपस्थित परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेका थिए ।
‘ अमेरिकामा भएको नेपालीहरुको बारेमा टपडाउन एप्रोचको आधारमा हाम्रो टोलिले गरेको यो आधिकारिक तथ्याङ हो ’ एनआरएनको वोर्ड अफ डाइरेक्टर तथा जनगणना समितिका सदस्य सुर्य लम्सालले भने—‘ अब दोश्रो फेजमा बटम अफ एप्रोचको आधारमा पुन नेपालीहरुको वीचमा गइ सर्भे गरेर बढि प्रभावकारी बनाउने तिर लाग्ने छौ’ ।


उनका अनुसार यो अध्ययन पुरा गर्नका लागी एक वर्ष लागेको छ । अध्ययन टोलिले नेपाली दुताबास, अमेरिकी दुताबास , स्टेट डिपार्टमेन्ट, होमल्याण्ड सेक्युरिटी र अमेरिकामा लामो समयदेखिन बस्दै आएको पुरानो नेपालीहरुको सहयोग लिएका थिए ।
‘ धेरै लामो समयदेखिनको कौतुहालित यो कार्य अन्तत: हामीले पुरा गर्न पाउदा खुसी लाग्यो’ अमेरिकन नेपाली जनगणना अध्ययन टोलिका सदस्य दिपक राज काफले भने— ‘ पहिलो चरणमा यो पुरा भएको छ अब यो भन्दा पनि अझै बैज्ञानिक प्रद्धाति अनुसार प्रभावकारी रुपमा गर्न बाकीनै छ ’ । काफले युनिभसिर्टि अफ म्यासचुसेट बोष्टनमा पपुलेसन हेल्थ विषयमा पिएचडि गरिहेका न्युयोर्क निवासी बिद्यार्थी हुन । यो अध्ययन प्रतिवेदनको प्राविधिक रुपमा तथ्याक बनाउने काममा काफलेलाई एनआरएनका डेमोग्राफीक टिमले सहयोग गरेका थिए ।


‘ अबको एनआरएनको नेतृत्वमा जो सुकै आएपनि सन २०२० मा हुन लागेको अमेरिकी जनगणनामा सम्पुर्ण नेपालीहरुलाई सहाभागी गराउनका लागी एनआरएनले सक्रिय भुमिका निर्वाह गर्नु पर्छ ’ काफले बताए ।
उनका अनुसार अमेरिकामा गत २०१० मा भएको जनगणना तथ्याङले ६० हजार हाराहारीमा नेपाली रहेको देखाएपनि सन २०१५ मा अमेरिकन कम्युनिटि सर्भे ( एसिएस) ले गरेको अध्ययनले १ लाख ५० हजार देखाएको थियो । तर यो भन्दा फरक र प्रभावकारी रुपमा यो टोलिले डिपाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भिसा ट्राकिङ एप्रोजबाट अहिलेको अनुमानित २ लाख ५१ हजार देखाएको छ । तर यसमा २० हजार कम भएपनि २ लाख ३१ हजार भने यकिन हो उनले बताए । अध्ययनको क्रममा २०१४ को पपुलेसन मोनोग्राफ अनुसार नेपालको र अमेरिकाको उमेर समुहको जनसंख्या तुलना गरेका छन । जसमा नेपालमा पुरुषहरुको संख्या ३ प्रतिशतले कम छ भने अमेरिकामा नेपालिज अमेरिकनको जनसंख्या हेर्ने हो भने ४ प्रतिशतले पुरुष बढि देखिन्छ । प्रतिवेदनले सन २००० अघि अमेरिकामा २४ हजार मात्र नेपालीको संख्या देखाएको छ । त्यतिखेर नेपालमा राजनितिक समास्या नभएकोले कमै आएको र आउनेहरु पनि नबसी फर्कनेहरुको संख्या बढि देखिन्छ । तर सन २००० पछि नेपालमा भएको राजनितिक समास्याको कारण अमेरिका आउनेको संख्या बडदै गएकोले पोलटिकल एसालमबाट अमेरिकामा बसोबास गर्ने कागजपत्र पाउनेहरुको संख्या बढदै गएको देखिन्छ । सन १९९० देखि अहिलेसम्मको सवैभन्दा बढि २०१५ अमेरिकी भिसा लिएर आउनेको संख्या देखाएको छ ।


तथ्याङ अनुसार अमेरिकामा रहेका नेपालीहरुमध्ये ५२ प्रतिशत अर्थात एकलाख २० हजार गैरआप्रवासी भिसामा रहेका छन ्। यसभित्र विद्यार्थी, बिभिन्न रोजगारीमा संलग्नहरु परेको छ । त्यस्तै ४८ प्रतिशत अर्थात एकलाख १० हजार स्थायी बसोबास पत्र (ग्रीनकार्ड) या नागरिकता रहेको जनाएको छ । नेपाली बाबु आमाबाट अमेरिकामा जन्मेका बालबालिकाको संख्या १९ हजार रहेको तथ्याङकले देखाएको छ ।
अहिलेसम्म काठमाडौंस्थित अमेरिकी दूतावासबाट गैर आवासीय भिसा पाएका नेपालीको संख्या दुईलाख २० हजार देखाएको छ । त्यस्तै आप्रवासी भिसा पाउने नेपालीको संख्या एकलाख चार हजार रहेको जनाएको छ । त्यसबाहेक विद्यार्थी, पर्यटकका रुपमा आएर स्टाटस परिवर्तन गर्न आवेदन दिएर ग्रीनकार्ड लिने नेपालीको संख्या उल्लेख्य रुपमा रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले सन् २००० देखि २०१० सम्मको दशकमा अमेरिकामा स्थायी बसोबासका लागि ‘एसाइलम’ मुख्य रहेको उल्लेख गरेको छ । यो संख्यामा बार्षिक १५ हजार पाच सयका दरले नेपालीको संख्या अमेरिकामा थपिदै गएको देखाएको छ । तथ्याङले मेक्सिकोबाट सीमा पार गरेर आउने नेपालीको संख्या भने हजारौंको संख्यामा रहेको अनुमान गरेपनि उल्लेख गरेको छैन ।

प्रतिवेदनको अनुसार अमेरिकाका विभिन्न ५० राज्यमध्ये सबैभन्दा धेरै उत्तर पुर्वि राज्यहरु न्यूयोर्क, मासाचुसेट, कनेक्टिकट, भर्जि्निया, डिसी लगायतका राज्यहरुमा २५ प्रतिशतले बसोबास गरिरहेको देखाएको छ । त्यसपछि दक्षिण क्षेत्रको टेक्सास, ओक्लाहोमा लगायतका राज्यहरुमा १५ प्रतिशत नेपालीहरु बस्छन । त्यस्तै दक्षिण पुर्वि क्षेत्र केन्टकी, टेनिसी, जोर्जिया लगायतका राज्यहरुमा १३ प्रतिशत रहेको छ । पश्चि क्षेत्रका राज्यहरु क्यालिफोर्निया, नेभेडा र हवाईमा १२ प्रतिशत नेपालीहरु बसोबास गदै आएको प्रतिवेदनले देखाएको छ । फलोरिडा, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना लगायत राज्यहरुमा १३ प्रतिशत नेपाली बसोबास गरिरहेको उल्लेख गरेको छ ।

अमेरिकामा नेपालीको जनसंख्या कति छ भनेर अध्ययन कार्यदलमा एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराईको संयोजकत्वमा विजयराज भट्टराई, सूर्य लम्साल, आमोद पोखरेल, दीपकराज काफले , डोलेश्वर भण्डारी, किरण सिटौला, सन्जिता प्रधान, शिव गौतम र नेपाली दूतावासका तर्फबाट कैलाश पोखरेल सदस्य थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : ४१ बजे