२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

प्रवासी पत्रकारको साझा मञ्च नेजा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

नारायाण सापकोटा

नौ वर्षअघि स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ(नेजा) प्रवासी नेपाली पत्रकारका लागि साझा मञ्चको रुपमा विकसित भएको छ । यसको विधानले पनि संस्थालाई साझा चौतारी बनाउने खुला र आकर्षक उद्देश्य लिएको छ ।
संस्थामा नया“ सदस्य बन्ने र केहीले छोड्ने भै नै रहन्छ । कोही नयाँ आउँदैमा र केही बाहिरिंदैमा संस्थालाई केही फरक पर्दैन । यो निरन्तर रुपमा अगाडी बढि नै रहन्छ । नेजामा पनि हुने यही हो ।
नेजाको विधानले लेखनमा रुचि भएका नेपाली मुलका नागरिकका लागि एकैथलोमा जमघट भै चाहेको काम गर्न सक्ने संस्था बनाएको छ । यो उद्देश्य नै सबैभन्दा महत्वपूर्ण छ । विभिन्न राज्यमा छरिएर रहेका नेपाली पत्रकार एकै ठाउँ भेला नेजाले गरेको छ । अब सदस्यले समुदायकै प्रगतिका लागि योजना बनाउने थलो यसलाई बनाउने प्रयास गर्नुपर्छ ।
मिडियास“ग सम्बन्धित तालिमबाहेकका अरु क्रियाकलाप समेत गर्ने विधानको व्यवस्थाले संस्थालाई सीमित घेरामा राखेको छैन ।
यस पटक मे ७ र ८ मा क्यालिफोर्नियामा आयोजना हुने साधारण सभामा नयाँ नेतृत्व चयनसँगै विधानले परिकल्पना गरेका उद्देश्य हासिल गर्ने विषयमा छलफलसहित नया“ बाटो खोज्ने प्रयास हुने आशा गर्न सकिन्छ ।
आउने नया“ नेतृत्वले विधान केन्द्रित उद्देश्य हासिल गर्न सदस्यको समर्थन जुटाउन आवश्यक छ । यी उद्देश्य कसरी हासिल गर्ने भन्ने योजना नै कम्तीमा अध्यक्ष हुन चाहने सदस्यले राख्नुभयो भने सुनमा सुगन्ध हुनेछ । के काम गर्न सकिन्छ नेपाली समुदायका लागि र लेखनमा रुचि भएकाहरुका लागि भन्ने योजना नया“ नेतृत्व गर्न चाहनेबाट हामी सदस्यले माग्नुपर्छ । नेतृत्व गर्न चाहनेले सदस्यलाई आकर्षित गर्ने भनेको यस्तै कार्यबाट हो । यसका लागि अहिलेको प्रस्थान विन्दु नेजाको विधान नै हो । विधानमा नै भएका व्यवस्था मध्ये नया“ नेतृत्वले केही मात्रै अगाडी बढाउन सके पनि अर्को अधिवेशनमा धेरै प्रगति देखिनेछ ।
अमेरिका र क्यानडामा रहेका लेखनमा रुची भएका गैर आवासिय नेपालीलाई सदस्यका रुपमा समेटने यो संस्था नाफामुलक, शैक्षिक, अनुसन्धानमुलक र कर छुट सहितको संस्था हो ।
पत्रकारिता, साहित्य, कला, संस्कृति, विज्ञान र आर्थिक लगायतका विषयमा अमेरिकी र नेपाली जीवनशैलीको उजार गर्ने उद्देश्य नेजाले लिएको छ । यस्तो उद्देश्यलाई कार्यान्वयनमा ल्याउन कार्यसमितिले योजना बनाएर सदस्यहरुलाई जानकारी दिन आवश्यक छ । कार्यसमितिले यस्ता कार्य अगाडी बढाउन सदस्यहरुसँग आवश्यक सहयोग लिंदै अगाडी बढ्नुपर्छ । सबै काम कार्यसमितिले मात्रै गर्न सम्भव हुँदैन ।
कुनै पनि संस्थाको विधानमा नै सबै विषय खुलाउन सम्भव हु“दैन । विधानस“ग नबाझिने गरी यसलाई असल उद्देश्यले कार्यान्वयनमा ल्याउने कार्यसमितिले हो ।
नेजाले मिडियास“ग सम्बन्धित र अन्य क्रियाकलाप नेपाली समुदायको वृहत्तर हितका लागि गर्ने प्रमुख उद्देश्य लिएको छ । अन्य संस्थाको समन्वयमा अन्तरसंवादस“गै पत्रकारिताका तालिम दिने महत्वपूर्ण व्यवस्था विधानमा गरिएको छ । यस्ता तालिम र प्रशिक्षण अमेरिकाका प्रभावशाली संस्थास“ग सहकार्य गरेर प्रवासमा रहेका र नेपालमा कार्यरत पत्रकारलाई दिन सकिन्छ । यसका लागि सबै सदस्यको प्रयास जरुरी हुन्छ । यस्तो वृहत उद्देश्यको काम सबै सदस्यले साथ दिए मात्रै कार्यसमितिले अगाडी बढाउन सक्छ ।
पुरस्कार, अवार्डको स्थापना त नेजाले गरि नै सकेको छ । यसलाई अझ व्यवस्थित गर्ने प्रयास जरुरी छ । बुलेटिन प्रकाशन, वेबसाइट, रेडियो र टेलिभिजनका कार्यक्रम उत्पादन गर्न सकिने व्यवस्था विधानमा छ । यस्ता कार्यक्रम नेपाली समुदायको मिडिया, कला, ईतिहास र संस्कृतिको जगेर्नामा केन्द्रित गर्नुपर्ने प्रावधान विधानमा छ । यी उद्देश्यका लािग निश्चित सिमा पनि तोकिएको छ ।
चलचित्रको प्रदर्शन, रेडियो, टेलिभिजन कार्यक्रम उत्पादन र प्रदर्शनीसमेत नेजाले आयोजना गर्न सक्नेछ । नेपाली साहित्य र सूचनाको विषयमा सन्दर्भ सामग्री तयार पार्ने उद्देश्य पनि विधानमा लिईएको छ ।
अर्को महत्वपूर्ण विषय भनेको मानवीय र प्राकृतिक विपत्तिमा परेका पीडितसम्म सहयोग गर्न कोष निमार्ण गर्ने उदेश्य पनि विधानले गरेको छ । अन्य मानवीय सहयोगको व्यवस्था त छँदैछ ।
विकास आयोजनाका लागि पनि कोष निर्माण गर्न सक्ने विधानको व्यवस्थाले नेजाको कार्यक्षेत्र फराकिलो बनाएको छ । संचारकर्मी बाहेकका सदस्यस“ग पनि यस्तो कोष निर्माणका लागि सहयोग जुटाउन सकिन्छ । यसका लागि साधारण सभामा छलफल गर्न सकिन्छ । यस्तो कोष निर्माण गर्न सके दीर्घकालीन रुपमा नेजा धेरै बलियो र प्रभावकारी संस्था हुनेछ ।
मानवअधिकार, प्रेस स्वतन्त्रता विपरितका क्रियाकलापबाट पीडितको संरक्षण गर्ने व्यवस्था विधानमा छ । यो विषयमा नेपाल पत्रकार महासंघस“ग सहकार्य गरि अगाडी बढन सकिन्छ ।
नेजाको सदस्यताको प्रावधान पनि उदार नै छ । क्रियाशिल पत्रकार र पत्रकारिताका विद्यार्थीसमेत नेजाको सदस्य बन्न सक्ने व्यवस्थाले सदस्यताको प्रावधान उदार देखिएको हो । यसले अहिलेका विद्यार्थीलाई संस्थामा आवद्व गर्दै भविष्यमा नेतृत्व दिनेछ ।
साधारण र आजीवन सदस्य संस्थाका सवै गतिविधिमा समावेश हुन सक्नेछन् । मानर्थ सदस्यलाई मताधिकारको अधिकार छैन । मानार्थ सदस्य नेपाली मुलकै हुनु नपर्ने व्यवस्था छ । नेपाली मुल बाहेकका नागरिकलाई यस्तो सदस्यता दिएर नेजामा आवद्ध गराउदै संस्थाको दायरा फराकिलो बन्न सहयोग गर्नेछ ।
नेजाको विधानले कार्यसमिति १५ सदस्यीय तोकेको छ । यसमा दुई जना अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । दुई वर्षको कार्यकाल तोकिएको भएपनि अध्यक्षले साधारण सभा समक्ष मात्रै राजीनामा गर्न सक्नेछन् । अन्यले राजिनामा कार्यसमिति मार्फत दिन सक्नेछन् ।
कार्यसमितिमा अध्यक्ष सहित कार्यसमितिलाई दुई कार्यकालको समयावधि तोकिएको छ । एक पटक कार्यसमितिमा नबसि अध्यक्ष हुन नपाउने विधानको व्यवस्था आकर्षक छ । यसले संस्थाको जानकारी नै नभएको व्यक्ति अध्यक्ष हुन नपाउने व्यवस्था गरेको छ ।
संस्थाको आर्थिक कोषमा सदस्यबाट प्राप्त शुल्क, वित्तीय सहयोग, चन्दाको रकम रहनेछ । कुनै पनि अन्य संस्थाको सहयोग लिंदा कार्यसमितिको निर्णय हुनुपर्ने व्यवस्थाले नेजालाई संस्थागत रुपमा बलियो बनाउनेछ । उदेश्य अनुरुप नेजाले आम्दानीको नियमित स्रोतको व्यवस्था गर्न जरुरी छ । यसका कुनै न कुनै काम नियमित रुपमा नेजाले गर्नुपर्ने हुन्छ । आर्थिक स्रोतको आधार बलियो भएपछि मात्रै संस्था अन्य काममा अगाडी बढ्न सक्छ ।
हरेक दुई वर्षमा विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर मे महिनाको पहिलो सातामा साधारणसभा गर्नुपर्ने विधानको व्यवस्था पनि प्रभावकारी छ । यसले सदस्यलाई सभामा भाग लिनका लागि समय छुट्याउन सहयोग गर्नेछ ।
नेजाको विधान अनुरुप सवै सदस्य बराबरी हुन् । कार्यसमितिमा साधारण सभाले चुनेका सदस्य नै आउने हुन् । यसकारण यो कुनै खास व्यक्तिको संस्था होइन । कुनै व्यक्तिस“ग सम्बन्ध राम्रो नभएपनि संस्था सवै सदस्यको हो । अझ भनौ नेपाली मुलका नागरिकको हो ।
खासगरि नेपाली समुदाय सम्मिलित संस्थाका साधारण सभा नेतृत्व चयनमा मात्रै केन्द्रित हुन्छन् भन्ने गुनासो सधैं सुनिन्छ । विधानको उदेश्य र संस्थाको वृहत्तर हितमा सभामा बहस कम हुन्छन् । तर यस पटक नेजाको सभा यो भन्दा पृथक बनाउने प्रयास गर्नुपर्छ र हुनेछ ।
चुनावी प्रक्रियामा समावेश हुने जिते ठिक छ भन्ने र हारे संस्थालाई नै गाली गर्ने प्रचलन ठिक होइन । यसले संस्था नै कमजोर हुने हो । चुनावमा जित्ने त जिम्मेवार हुनुपर्छ नै हार्ने त्यो भन्दा बढि जिम्मेवार हुनुपर्छ । समय दिन नसक्नेले नेतृत्वमा बस्ने इच्छा गर्नुपनि ठिक होइन । यसले संस्थालाई अगाडी बढाउ“दैन । संस्थाबाट केही फाइदा पाए ठिक नत्र बेठिक भन्ने पनि यदाकदा देखिने गर्छन । यस्तो प्रवृत्तिलाई बढावा नहुने संस्कृतिको विकास हामी सवैले गर्ने हो ।
विधानको खुला र पारदर्शी व्यवस्थाले लेखनमा रुची भएका कोही सवैलाई संस्थामा समेटनेछ ।
शतप्रतिशत ठिकठाक त कहीं पनि हु“दैन । नेतृत्वकर्ताले ठिकठाक बनाउंदै लैजाने हो । व्यक्तिगत रुपमा नै हेर्न सुरु गर्ने हो भने सबै आफुले चाहे जस्तो भएको हुँदैन भने यो त समुदाय केन्द्रित संस्था हो । केही कमजोरी छन् भने सुधार्दै अगाडी बढ्ने हो । संस्थालाई नै कमजोर बनाउने प्रवृत्तिले कसैलाई फाइदा गर्दैन । नेजामा यस्तो भएको छैन र हुँदैन पनि ।
प्रवासमा नेपाली भाषा केन्द्रित पत्रकारिता नै हुँदै आएको छ । अमेरिकाबाट नेपालमा समाचार, लेख पठाउने र यहींका मिडियामा लेख्ने जे गरेपनि यो समुदाय केन्द्रित पत्रकारिता नै हो । अरु कुनै काम नगरी नेपाली भाषाको पत्रकारिता गरेर मात्र अमेरिका बाँच्न सक्ने अवस्थामा कोही पनि छैन ।
अमेरिकामा त मुलधारको पत्रकारिता गर्न अंग्रजीमै पत्रिका निकाल्ने र लेख्ने गर्नुपर्ने हुन्छ । मुलधारमा प्रवेश गर्ने व्यक्ति समुदायगत पत्रकारिताबाट निस्कनेछ । नेपाली समुदाय केन्द्रित पत्रकारिता र पत्रकारको स्तर बढाउन अब नेजानै नेतृत्वकर्ता संस्था हो । यसलाई अझ बलियो र शसक्त बनाऔं ।

–सापकोटा नेपाल आर्थिक पत्रकार समाज(सेजन) का पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ४ : १६ बजे