एभरेस्ट टाइम्स/न्युयोर्क
नेपालको पुर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्मका नेपालीहरु हातमा नेपाल र अमेरिकाको झण्डा बोकेर म्यानह्टनको ३८ स्ट्रिटको म्याडिसनमा भेला भएका थिए । हजारौको संख्यामा रहेका नेपालीहरु सन्सारमा बुद्ध जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा परिचित नेपाललाई न्युयोर्कमा चिनाउन दोश्रो नेपाल डे परेडमा भाग लिएका थिए । न्युयोर्कमा भएको करिब ५२ र अन्य राज्यबाट आएका केही सस्थाहरुको सहाभागीतामा भएको नेपाल डे परेड मिनि नेपालको रुपमा प्रस्तुत भएका थिए ।

दिउसो १ बजे उद्योगमन्त्रि नविन्द्रराज जोशीद्धारा उदघाटन गरेको परेडमा ग्राण्ड मार्सलको रुपमा कान्छी आरोही मिङकिपा शेर्पा थिए । परेडमा राजदुत अर्जुन कार्की,राष्ट्रसंघका लागी स्थायी प्रतिनिधि दुर्गा भट्टराई, नेपाल कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्री लगायत चर्चित आरोहीहरु दोर्जी शेर्पा, भेनिसा ओबाइरन, युआइजिएमका गाइड ङवाङ ङिमा शेर्पा अतिथिको रुपमा उपस्थित थिए ।

बुद्ध जयान्ती, गणतन्त्र दिवस र एभरेष्ट डेको अवसरमा भएको परेडमा शुरुमा बुद्धको मुर्तिसहितको शेर्पा किदुगको धर्मगुरुहरु थिए भने त्यसपछि युएस नेपाल क्लाइबर्स एसोसियसनमा अवद्ध कीर्तिमान सगरमाथा आरोहीहरुको उपस्थिति थिए ।
पहिलो पटक शेर्पा किदुगले भाग लिएको परेडमा धर्म सस्कृति विभागबाट रिग्सुङ लोप्टाको विद्यार्थीहरुको प्रस्तुती थियो भने कलासस्कृति विभागबाट गायक देण्डी शेर्पा, गाम्बु शेर्पा र फारा देण्डी शेर्पाले शेर्पा गीत गाउदै मनोरञ्जन दिएका थिए भने साथमा सिलि र सिंहको नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै किदुगको खेलकुद विभागबाट १८ वर्ष मुनिका फुटबल खेलाडीहरु र प्रशिक्ष्ँकहरु सहाभागी थिए । त्यसपछि क्रमस न्युयोर्कमा क्रियासिल समुदायहरु रिज्युउड नेपाली सोसाइटी, गुरुङ समुदाय, मगर समुदाय, राई समुदाय, लिम्बु समुदाय, ह्योल्मो समुदाय, ग्याल्सुम्दा समुदाय, मुस्ताङ समुदाय, नेवारी समुदाय, मद्येशी समुदाय लगायतले आ आफनै भेषभुषा झल्कने झाकीका साथ परेडमा सहाभागी भएका थिए ।
उनीहरुले झाकी सहित आफनो भाषाको गीत र नृत्यहरु पनि प्रस्तुत गरेका थिए । परेड म्याडिसनको ३८ स्ट्रिटबाट २७ स्ट्रिटमा गएर टुङिगएको थियो । परेड सकेपछि म्याडिसनको २४ र २५ स्ट्रिटको वीचमा परेड समापान गदै करिब दुई घण्टा नेपाल झल्कने सास्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा परेडका कन्भेनर मंगलदास श्रेष्ठले परेड सफल बनाउनका लागी सहयोग गर्नेहरु सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।









