७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

हङकङमा नेपालको प्रचार, ‘एभरेस्ट डे’ सँगै ‘हाईक फर नेपाल’


१४ जेष्ठ २०७४, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स संवाददाता/हङकङ

‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउन्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित ‘एभरेस्ट डे’ सम्पन्न भएको छ ।

‘हाईक फर नेपाल’ नाम दिईएको करिब ७ किलोमिटरको हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चीनीया, अन्य विदेशी हाईकरहरुसँगै विभिन्न देशका राजदुतहरु सहित करिब ४०० हाईकरहरुको सहभागीता रहेको थियो । कार्यक्रमको उदघाटन नेपाली सगरमाथा आरोहि नायिका निशा अधिकारी, अर्का सगरमाथा आरोहि हङकङका नागरिक जोन चाङ र नेपाली महा वाणिज्य दुत कमल प्रसाद भट्टराईले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित गरिएको थियो । कार्यक्रममा अभिनेत्री एवं सगरमाथा आरोही निशा अधिकारीले आफ्नो आरोहण अनुभव सुनाएकी थिईन । ‘वि विल राईज फाउण्डेसन’का संस्थापक तुलसी गुरुङले फाउण्डेसन र “हाईक फर नेपाल“ बारे जानकारी दिएका थिए भने महा वाणिज्य दुत कमल प्रसाद भट्टराईले “एभरेष्ट डे“ तथा नेपालको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमबाट “हाईक फर नेपाल“ तथा च्यारिटी डिनरबाट उठेका सहयोग फाउण्डेशनले नेपालका दुर्गम क्षेत्रको शिक्षा क्षेत्रको स्तरोन्नतीका लागी खर्च गरिने जनाएको छ ।

‘एक नेपाली जो जहा“ भएपनि’ भन्ने नाराका साथ हङकङबाटै सुरु भएको यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरू बीच एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम बनेको छ ।
महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ । अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको छ । यो कुनै पेशागत, जातीय, वर्गीय वा राजनीतिक संगठन नभएर केवल विशुद्ध नेपाली मनहरूको संयोजनबाट बनेको संस्था हो । सानो सुन्दर मुलुक नेपाल हरेक क्षेत्रमा उठ्नु पर्छ भन्ने अभिप्रेरणा र सकारात्मक सोच जगाउँने अभियानको मुल मन्त्र भएको संस्थापक तुलसी गुरुङ बताउँछन ।


यहि उदेश्य अन’रुप फाउण्डेसनले विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु गतवर्षदेखी हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) आयोजना थालीएको हो । ‘नेपालका लागि सँगसँगै पाईला चालौ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहदै आएको छ । विश्व सगरमाथा दिवस मे २९ का अवसर पारी वर्षेनी यि कार्यक्रमलाई निरन्तरता दिने फाउण्डेशनले जनाएको छ ।
हाइक फर नेपाल तथा एभरेष्ट डेलाई भव्य रुपमा सफल पार्न हङकङ नेपाली महावाणिज्यदूतावास, नेपाल वायुसेवा निगम लगायत यहाँस्थित विभिन्न संघसंस्थाहरु गैरआवासीय नेपाली संघ, नेपाल च्याम्बर अफ कर्मस, नेपाली महिला संघ, हङकङ नेपलिज् तेक्वान्दो एसोसियसन, सहारा क्लब, एचडीडी स्टुडियो लगायतका संस्थाहरु सहयोगी भूमिकामा रहेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार  ८ : ०६ बजे