११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

फिर्ता भयो प्रधानन्यायाधीसमाथि लगाइएको महाअभियोग


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले संसदमा दर्ता गरेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् । प्रस्ताव फिर्ता नलिएको भन्दै नेकपा एमालेले बजेट प्रस्तुत गर्ने संसद बैठक नै चल्न नदिने चेतावनी दिएपछि महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेसका मीन विश्वकर्मा र समर्थक माओवादीका टेकबहादुर बस्नेतले प्रस्ताव फिर्ता लिनका लागि सभामुख ओनसरी घर्तीसमक्ष निवेदन दिएका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने भनेर सहमति गरेको भए पनि प्रस्ताव फिर्ता नगरी विश्वकर्मा र बस्नेतले प्रस्तावको कारवाही अघि नबढाउन आइतबार निवेदन दिएका थिए । तर त्यसमा चित्त नबुझाई एमालेले प्रस्ताव फिर्ता नै लिनु पर्ने अडान राखेपछि बजेट पेश गर्न १ घन्टा ढिलो भएको थियो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले वैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । महाअभियोगविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले नै प्रस्ताव अघि नबढाउन र कार्कीलाई काममा फर्किन अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  ५ : ५५ बजे