भक्तपुर साहित्यिक समाजकाे नियमित साहित्यिक प्रकाशन “स्वर्णगजुर अङ्क -२४ स्रष्टा रामशेखर बिशेषाङ्ककाे साईनिङ स्टुडेन्ट एकेडेमि स्कूल,भक्तपुरमा एक समाराेहका बीच लाेकार्पण गर्नुहुँदै प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले हाँस्यब्यङग्य बिधाका चर्चित स्रष्टा रामशेखर नकर्मीले समाज परिवर्तनका लागि गरेको याेगदान अनुकरणीय रहेकाे चर्चा गर्नुहुँदै रामशेखरकाे जीवनीसंग सम्वन्धित अालेखहरूकाे संग्रहसहितकाे याे बिशेषाङ्क एउटा महत्वपूर्ण एेतिहासिक दस्ताबेज रहने बताए ।
समाजका अध्यक्ष राजुराम मुनंकर्मीकाे सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै अतिथि रामशेखर सहयाेग समितिका संयाेजक नरेन्द्रभक्त हाडाले पञ्चायत जस्ताे निरङ्कुश शासनकालमा पनि जनताकाे पक्षमा निर्भिक भएर तत्कालिन सत्तालाई जुजु बांला जनता द्यांला (गरिव देशका धनी राजा) जस्ताे चाेटिलाे प्रहार गर्न सफल वरिष्ठ साहित्यकार,कलाकार एवम् रंगकर्मी स्वर्गीय रामशेखर नकर्मी सधैं अमर रहिरहने बताए ।
मन्तव्यकै क्रममा अतिथि अाेमचरण अमात्यले रामशेखर नकर्मीकाे देहावसानसंगै प्रतिगामी राजनैतिक पद्धति र सामाजिक-सांस्कृतिक बिकृति बिरूद्ध छेड्दै अाउनुभएकाे एउटा सिंगाे अान्दालन नै एकाएक अवरूद्ध हुन पुगेकाे बताए । त्यसैगरी सिर्जना अभियानका अध्षक्ष धनमान श्रेष्ठले समाजमा महत्वपूर्ण याेगदान पुर्याउने स्रष्टाहरूकाे बारेमा बिशेषाङ्क निकाल्ने परम्परालाई समाजले निरन्तरता दिने बिषयमा अाफू बिश्वस्त रहेकाे बताए । भक्तपुर साहित्यिक समाजले निरन्तर सञ्चालन गर्दं अाइरहेकाे घुमन्ते साहित्यिक श्रृङ्खलाकाे ५९ अाैं श्रृङ्खलालाई समेत जाेड्दै साेही कार्यक्रममा बिशेषाङ्क भित्र रहेका अाफ्ना रचनाहरू वाचन गर्ने क्रममा कवि दिव्य गिरी,मानिकबाबु ग्वंगः,जननीप्रसाद मूल,न्हुछेरत्न बुद्धाचार्य र मुना माैनताकाे गजल जितन्द्र रसिकले प्रस्तुति गरे ।