१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

लन्डन अाक्रमणमा दसको मृत्यु, ४८ घाइते, अाइएसले लियो जिम्मेवारी


२१ जेष्ठ २०७४, आइतबार  

0
Shares

लण्डन (एजेन्सी)- मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
शनिबार भएको दुई वटा आक्रमणमा परी सात जनाले भने ज्यान गुमाएका थिए । लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरी हानेको गोलीबाट मारिएका छन् ।
यसअघि नै बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई सम्भावित आङ्कककारी घटना भनेका थिए ।

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको सार्थै दर्जनौ. व्यक्ति घाइते भएका घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ५ : ५६ बजे