काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसकै दिन प्रधानन्त्री कार्यालय सिंहदरबाट विदा लिए । उक्त अवसरमा उनले रूखसमेत रोपे ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने बताउँदै मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई आफूलाई फेरि स्वागतको लागि पनि तयार रहन बताएका छन् ।
आज आयोजित विदाई कार्यक्रममा मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले ठट्यौली पारामा भने, ‘तपाईंहरु भनेको स्थायी सरकार हुनुहुन्छ । राजनीतिक नेतृत्व भनेको आउने जाने गरी रहन्छ । अहिले बिदाई गर्नुभयो फेरि स्वागतको लागि पनि तयारी गर्दै गर्नुहोला ।’
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए ।