७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सेनाको वकालत गर्न ल्होप्साङ वासिङटन तर्फ प्रस्थान


Ang

२२ जेष्ठ २०७४, सोमबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क— अमेरिकी सेनामा अवकाश लिने पुर्व सेनाहरु र उनको परिवारलाई आवश्याक परामर्सका साथ वकालत गर्नका लागी हाइग्राउण्ड भिटरेन एडभोकीसीले ल्होप्साङ ठिले शेर्पा सालाकालाई छानेको छ । उनी पाच जना पुर्व सेनाहरु सहित छानिएका हुन । शेर्पा एक हप्ताको लागी आइतबारदेखि त्यही जिम्मेवारी पुरा गर्न वासिङटनडिसि तर्फ प्रस्थान गरिसकेका छन ।

‘ शेर्पाको छोरो भएर अमेरिकी सेनाको बारेमा वकालत गर्न पाउदा गौरवको महसुस भइरहेको छ ’ ल्होप्साङले एभरेष्टटाइम्सलाई भने—‘ अमेरिकी सेनाबाट अवकास लिनेहरुको परिवर्तित जीवनलाई सुरक्षित बनाउने एजेण्डलाई केन्द्रित गरेर मैले वकालत गर्नेछु । ’ ल्होप्साङले बताए । उनको टोलिले सोमबारदेखिनै अमेरिकी कंग्रेस र सिनेटरसम्म पुगेर सरसल्लाहका साथै वकालत गर्ने योजना रहेको छ ।

शेर्पा किदुगका पुर्व अध्यक्ष ल्होप्साङले अमेरिकी सेनामा गरेको महत्वपुर्ण योगदानको कदर गदै हालै न्युयोर्क मेटसले सिटिफिल्डमा भेटरन अफ दि गेमद्धारा सम्मान गरेका थिए । हाइग्राउण्ड भिटरेन एडभोकेसीले पनि ल्होप्साङले अमेरिकी सेनामा गरेको सफल कार्यहरुको मुल्याङकन गरि यो वकालत समुहमा छानेको विज्ञाप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७४, सोमबार  ८ : ०१ बजे