काठमाडाैं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आगामी असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्रै गराउने गरि नयाँ दिल्लीले आन्तरिक तयारी थालेको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै त्यसको एक महिनाभित्रै नेपालको प्रधानमन्त्रीको भारत भ्रमण गराउनेगरि नयाँ दिल्लीमा गृहकार्य भइरहेको समाचारहरूमा जनाइएको छ ।
भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले उक्त कुराको पुष्टि गरेका हुन् ।