१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अमेरिकामा दुःखीको साथी बन्दै ‘अधिकार’


३ असार २०७४, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

म्यानह्टनको फिप्थ एभिन्युको एउटा हल पुरै भरिएको थियो । हलमा नेपालीको संख्या थोरै भएपनि धेरैजसो विभिन्न मुलुकका व्यक्तिको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपाली समुदायमा विभिन्न क्षेत्रमा भोग्नु परेको पिडितहरुको कथाहरु सुनाइरहेका थिए ।

उनीहरुले आफनो पीडा पोखाउदा उपस्थित निकै भावुक थिए । पीडा सुनाउनेहरुले आफनो दुःखमा अधिकारले साथ दिएको भनी खुसीको कुरा बाँड्दा सबैले अधिकारलाई धन्यवाद दिइरहेका थिए । ‘म काममा लडेर घाइते भएपछि उपाचार हुन नपाएर दुःख झेल्नु परेको केही महिनापछि अधिकारले मेरो लागि लडीदिएर ठुलो न्याय गरिदियो,’ न्युयोर्कबासी मिङमार शेर्पाले भनिन्, ‘अधिकार नभएको भए सायद मैले अस्थाीय अपांगको सुविधा र ज्यालासमेत पाउदैनथें ।’ आफु जस्तो महिलाले मात्र होइन पुरुषहरुलाई पनि अधिकारले सहयोग गरेको बताउँदा उपस्थित धेरै खुसी भएका थिए ।

त्यस्तै नेल व्यवसायमा लाग्दै आएकी महिलाहरुले नेल सलुनमा निकै दुःख भोग्नु परेको अनुभव पवित्रा दासले सुनाइन । ‘नेल सलुन व्यवसायमा काम गर्न सजिलो छैन यो काम गर्दा रसायनिक पदार्थको कारण हामीहरुको शरीरमा निकै असर गरिरहेको हुन्छ यही पीडालाई बुझेर सम्बन्धीत निकायसम्म आजव पु¥याउने काममा अधिकारको भूमिकालाई म सधै सम्झन चाहान्छु,’ पविताले भनिन् । अधिकारकै कारण आफु हजारांै नेल प्रविधिकहरुको प्रतिनिधि भएर सवैको आवजको लागी बोल्न पाएकोमा खुसी पाएको बताए ।


‘दुई वर्ष अघि नेपालमा गएको भूकम्पको कारण अमेरिकामा रहेको भूकम्पपीडितको परिवारले टिपिएस पाउन अधिकारले खेलेको भुमिका आफैमा प्रशंसानीय छ,’ कार्यक्रम सहायक माया गुरुङले भनिन् । करिब दुई सय विभिन्न संस्थाको प्रतिनिधि सामु उनीहरुले घरेलु हिंसा र नेल सलुनमा काम गर्ने पीडित व्यक्तिहरुले भोग्नु परेको कथा सुनाएका थिए । त्यही कथा सुन्न र अधिकारले सुनाउन स्प्रीङ फन्डराइजिङ कार्यक्रमको आयोजना गरेको थियो । अधिकारले उक्त फन्डराइजिङबाट ७० हजार डलर संकलन गरेको थिए ।

उक्त फन्डराइजिङमा दर्जनौं संस्थाले एक सयदेखि ५ सय डलरको तिरेर उक्त फन्डराइजिङमा भाग लिएको अधिकारमा कार्यरत डाइरेक्टर अफ अर्गनाइजिङ एण्ड एडभोकेसी नर्वदा क्षेत्रीले जानकारी दिइन् । ‘हामीले प्रवासमा विभिन्न क्षेत्रमा दुःख भोग्दै आएकालाई दिएको मानवीय सेवाकै कारण सबैले माया र सहयोग गरिरहेको छ,’ क्षेत्रीले भनिन्, ‘अधिकार कुनै जात, धर्म र लिंग विशेषको होइन सबैको साझा मन्दिरको रुपमा खडा भएकोले यो सेवा दिन पाएको हो ।’  उनका अनुसार अधिकारले  अंग्रेजी भाषा सिकाउनका साथै कतिपयलाई काम लगाइदिने, काममा ठगिएकोलाई पैसा असुली दिने र कानुनी बनाउनमा पनि वकालत गदै आएको छ ।  त्यस्तै अधिकारले पछिल्लो समय अमेरिकी जनगणनामा सघाउनका साथै भूकम्पपीडितका लागि १ लाख ९२ हजार डलर संकलन गरेको उनले बताइन् ।

अधिकारले आफनो योजना अनुसारको कार्य गर्न अहिलेसम्म दर्जनौ संस्थाहरुले आर्थिक सहयोग गरे अनुसार ९ जनाले फुल टाइम र दुई जनाले पार्टटाइम जागीर खाइरहेको उनले सुनाइन । ‘ मेरो काम दुःख पाएका मान्छेलाई सहयोग गर्नका साथै संगठीत गदै ग्रासरुटदेखि निति निर्माण तहसम्म वकालत गर्ने पनि हो तर आर्थिक बारेमा मेरो जिम्मेवारी होइन ’ क्षेत्रीले बताइन् । न्युयोर्कमा उनलाई प्रायजसोले नर्वदा दिदी भनेर आप्mनो दुखेसो र पीडाहरु सुनाउने गरेको बताउछन् ।

प्रकाशित मिति : ३ असार २०७४, शनिबार  ८ : ४३ बजे