वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएको छ ।
पूर्वराष्ट्रपति ओबामाको क्युवासँगको यात्रा प्रतिबन्ध खुकुलो बनाएको र व्यापार माथिको कडाइलाई केही सहज बनाएको कार्यक्रमलाई शुक्रबार पुनः प्रतिबन्ध लगाइएको छ ।
शुक्रबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ओबामाको क्युवा नीतिलाई लगभग पुरानै अवस्थामा फर्काउनेगरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।
“यसअघिको प्रशासनले क्युवामा अमेरिकीको यात्रा र व्यापारका विषयमा लिएको नीतिले अमेरिकालाई सहयोग नगरेकाले अव त्यसलाई लागु गर्न सकिँदैन,” ट्रम्पको यस भनाइलाई सो विज्ञप्तिमा जनाइएको छ ।
फ्लोरिडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ओवामाले क्युवासँग गरेका “एकपक्षीय” केही सम्झौतालाई तत्काल खारेज गर्ने बताएका थिए ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा व्यक्तिगत तथा व्यवसायिक हितका लागि क्युवाको मन्त्रालयसँग कुराकानी गरिने उल्लेख छ ।
ट्रम्पले क्युवाको कानुनी बन्देजका बारेमा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । ट्रम्पले क्युवामा अमेरिकाले खोलेको राजदूताबास पनि बन्द गर्न लगाएका छन् । ट्रम्प राष्ट्रपति भएदेखि नै क्युवा नीतिमा आंशिकरुपमा परिवर्तन भएको थियो । एजेन्सी