९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

अाफुविरूद्ध खनिएकालाइ यसो भने रेशम चाैधरीले…


४ असार २०७४, आइतबार  

0
Shares

काठमाडाैं । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएपछि सामाजिक सञ्जालमा उनलाइ व्यपक विरोध गरी सरकारको कडा अालोचना गरिएको छ ।

समाचारहरूमा पनि अालोचना अाएपछि चाैधरीले अाइतबार फेसबुकमा लेखेका छन्, ‘हल्ला मच्चाउनेहरु हो ! मेरो फुलबारी रिसोर्ट र एफएम अनि जलेर खरानी भएका तस्बिर हेर, मलाई त के नेपालका पहिलो द्वन्द निर्देशक गोपाल भुटानीको सालिक पनि छोडेनौ । मैले पुरुस्कार पाएको होईन जलाइएको सम्पतिको थोरै अंश पाएको हुँ, डाह ईष्र्या लाग्छ भने मेरो जस्ताको तस्तै बनाइदेउ अनि सरकारले दिएको लैजाउ ।’

चाैधरी फरार नै रहेका छन् भने क्षतिपूर्ति उनका बुवाले बुझिसकेका छन् ।

प्रकाशित मिति : ४ असार २०७४, आइतबार  ६ : २४ बजे