ह्वाइट् हाउस । अमेरिका भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेका छन् । स्थानीय समयअनुसार सोमबार साँझ भएको भेटमा दुइ देशबीच सुरक्षा र व्यापार मजबुद बनाउने विषयमा छलफल भएको र दुइ देशवीच उक्त विषयमा प्रतिबद्धता जनाइएको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।
उक्त भेट साैहर्दपूर्ण भएको भारतीय प्रधानमन्त्री मोदीले प्रतिक्रया दिएका छन् । भेटपछि सञ्चारकर्मीसँग सवालजवाफ गर्ने समय भने उनीहरूले छुटाएनन् ।
अातंकवादविरूद्ध लड्न भारत प्रतिबद्ध रहेको मोदीले जनाएका थिए ।
राष्ट्रपति ट्रम्पले वासिङटन र नयाँ दिल्ली मिलेर अातंकवादी निर्मुल पार्न सकिने र यो विश्वकै लागि उदाहरणीय हुने बताए ।
‘हामी कट्टरपन्थी इस्लामिक अातंकवादीहरू ध्वस्त पार्छाै,’ ट्रम्पले भने ।