२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

च्यातिएका मतपत्रको सुनुवाई असार २७ मा


१३ असार २०७४, मंगलबार  

0
Shares

काठमाडौं  । सर्वोच्च अदालतले भरतपुरको च्यातिएका मतपत्रमाथिको जारी मुद्दाको सुनुवाई असार २७ गते हुने भएको छ। मंगलबार भरतपुरबाट काठमाडौं ल्याइएको च्यातिएका मतपत्रको पोको पनि २७ गतेकै सुनुवाईमा पेश गरिने भएको हो।

सर्वोच्चका कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो। मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार  ३ : ५५ बजे