न्युयोर्क । रिजउड क्षेत्रमा बस्ने नेपालीहरुको संस्था रिजउड नेपाली सोसाइटीको हालै भएको अधिवेसनले रविकिरण कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्याक्षमा राजेश भट्ट, महासचिवमा भुवनेश्वर अधिकारी, कोषाध्याक्षमा तुलसीराम आचार्य र सदस्यहरुमा जगन्नाथ पराजुली, धनेश लामिछाने, राजेश सापकोटा, रञ्जित मल्ल र कमला निरौला निर्वाचित भए । निर्वाचित कार्यसमितिलाई सोसाइटीको निर्वाचन कमिटिको प्रमुख उद्धव शास्त्रीले सपथ खुवाएका थिए । सपथ लगतै कार्यसमितिको बैठक बसी आगामी कार्ययोजनाको बारेमा छलफल गरेका थिए ।
२० असार २०७४, मंगलबार
0
Shares