७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

न्युयोर्कमा ट्राभलिङ किम्फ जुलाई ८ मा, पाँच डकुमेन्ट्री देखाइँदै


२० असार २०७४, मंगलबार  

0
Shares

न्युयोर्क । मौलिक नेपाली वृत्तचित्र तथा छोटा फिल्महरुका साथ काठमाण्डौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ), न्युयोर्कमा यहि जुलाई ८ मा हुदैछ ।

नेपालमा हरेक बर्ष आयोजना हुदै आएको किम्फ विगत तीन बर्षदेखि “टभलीङ किम्फ“ का रुपमा देश बाहिर प्रर्दशन हुदै आएको छ । २०१५ मा हङकङबाट सुरु भएको घुम्ती किम्फको यो तेश्रो संस्करण हो ।

हिमाल एशोशिएसन नेपाल र न्युयोर्कबाट प्रकाशित हुँदै आएको नेपाली भाषाको पत्रिका एभरेष्ट टाईम्सको आयोजनामा न्युयोर्क स्थित शेर्पा किदुङको हलमा किम्फ हुने भएको हो । यसपटक ईन सर्च अफ देवकी, वियोण्ड द वाइट केन, मेला, बाह्रखरी लौरो र भुसको लोग्ने गरि पाँच वटा वृत्तचित्र र छोटा फिल्म प्रर्दशन गरिनेछ ।

किम्फका स्थानीय आयोजक मध्येका आङछिरिङ शेर्पाका अनुसार यस पटक किम्फको आयोजनाबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु बिद्यालयलाई सहयोग गरिने छ । यसअघि पनि किम्फको आयोजनामार्फत संकलित रकम सोलुखुम्बु जिल्लाको चागेस्थान मावि केरुङ र सेर्गा वागाम प्राबि स्कुललाई सहयोग गरिएको थियो ।

नेपालको दुर्गम क्षेत्रका विद्यालयलाई सहयोगको अतिरिक्त डकुमेन्ट्री मार्फत नेपाल अन्तराष्ट्रिय स्तरमा चिनाउनका साथै विदेशमा नेपाल, नेपाली कला सस्कृति तथा पर्यटन प्रर्वद्धन लागि किम्फ आयोजना हुदै आएको छ ।

पाँच डकुमेन्ट्री देखाइँदै

१, बियोन्ड द ≈वाइट केन २८ मिनेट, निर्देशकः उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने
यस डकुमेन्ट्रीले रामप्रसाद भण्डारीको कठिन दैनिकीलाई मर्मस्पर्शी ढङ्गले देखाएको छ । बुढ्यौलीले छोइसकेका रामप्रसाद आँखा देख्दैनन् । तर पनि सात जनाको जहान पाल्न उनी दिनहुँ बाह्र घण्टा खट्छन् र गह्रौं भारी बोकेर अण्डा बेच्दै २० किलोमिटरसम्म हिँड्छन् । त्यसबाहेक जीवन धान्नलाई उनी मैनबत्ती र मुढा बनाउने काम पनि गर्छन् । उनको परिश्रमी र कर्मठ जीवन उदाहरणीय छ र धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
यस फिल्मले किम्फ २०१६ मा ‘स्पेसल जुरी मेन्सन’ पाएको थियो ।

२, देवकीको खोजीमा ४५ मिनेट, निर्देशकः देवकी विष्ट

आफ्नो मनोकामना पूरा होस् भनेर नेपालको सुदूरपश्चिममा मानिसहरु साना केटीहरुलाई (र पहिलेपहिले त केटाहरुलाई समेत) मन्दिरमा चढाउने गर्थे । यस्तो चलनलाई देउकी प्रथा भनिन्थ्यो । कानुनले यसलाई अमर्यादित चलन मानेर तीस वर्षअगाडि नै यसमाथि बन्देज लगाएको थियो । तर पनि लुकीछिपी यो चलन व्यवहारमा अझै जिउँदो छ । यस फिल्मका निर्देशक देवकी विष्ट आफै सुदूरपश्चिमा जन्मे–हुर्केकी हुन् । सानैदेखि यस प्रथाबारे सुन्दै आएकी उनमा यस प्रथाको सामाजिक, सांस्कृतिक र धार्मिक आयामबारे अझै बुझ्ने उत्सुकता पलायो । अनि उनी यसबारे खोज अनुसन्धान गर्न भिडियो क्यामेरा लिएर निस्किन्छन् । उनको त्यही प्रयासको परिणाम हो यो डकुमेन्ट्री ।
किम्फ डकल्याबद्वारा प्रस्तुत यो फिल्म किम्फ २०१६ मा सर्वोत्कृष्ट नेपाली डकुमेन्ट्री ठहरिएको थियो ।

३, भुसको लोग्ने ८ मिनेट, निर्देशकः ज्योति केशरसिंह ठकुरी

सुन्दरे र मायाको बिहे १६ वर्षको कलिलो उमेरमै भएको थियो । गर्भ तुहुनाले उनीहरुका धेरै सन्तान बिग्रे । केवल एउटी छोरी र एउटा छोरा बाँचे । माया हरेक दिन घरधन्दा र खेतबारीको कामसमेत गर्छिन् । सुन्दरे र मायाको वैवाहिक जीवन धेरै वर्षसम्म हाँसी–खुशीमा चलेको थियो । तर सुन्दरेले घरमा कान्छी स्वास्नी भिœयाएपछि सबै कुरा फेरिन्छ । माया अकेली हुन्छिन्, उनको मनका कुरा सुनिदिने कोही हुँदैन । यस फिल्मले महिलाको आङ खस्ने रोगमाथि प्रकाश पारेको छ ।

४, मेला ८ मिनेट, निर्देशकः रघुवर नेपाल र शिवशरण कोइराला

बारा जिल्लामा लाग्ने चर्चित गढीमाई मेला भर्न जाँदाखेरिको रोचक यात्रा ।

 

५, बाह्रखरी लौरो २२ मिनेट, निर्देशकः घनश्याम खतिवडा
यो अर्घाखाँची जिल्लाको एउटा विद्यालयमा पढाउने एक जना अपाङ्ग शिक्षकबारेको डकुमेन्ट्री हो । यसमा उनको निजी जीवन र असल शिक्षकका रुपमा उनले गरेका कामलाई देखाइएको छ । रातेपानी ठूलापोखरी भन्ने ठाउँको स्कुल बनाउनमा तिनको महङ्खवपूर्ण भूमिका रहेको थियो । अपाङ्ग भईकन पनि आप्mनो गाउँठाउँमा शिक्षाको प्रसार गर्नमा उनले पु¥याएको योगदान प्रशंसनीय मात्र होइन अनुकरणीय पनि छ ।

प्रकाशित मिति : २० असार २०७४, मंगलबार  १० : ०४ बजे