३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नायक तथा निर्माता राई ‘माइ प्रमिस’ लिएर न्युयोर्कमा


२१ असार २०७४, बुधबार  

0
Shares

नायक तथा निर्माता रमेश चन्द्र राई ‘ माई प्रमिस’ लिएर न्युयोर्क पुगेका छन् । नेपाली फिल्म क्षेत्रमा विगत १२ वर्ष देखि निरन्तर लाग्दै आएका रमेश राई ‘माइ प्रमिस’ लिएर अमेरिकाको न्युर्योक पुगेका हुन् । सन् २००५ मा न्याउली म्युजिक भिडियोबाट फिल्म क्षेत्रको यात्रा सुरु गरेका रमेश राईले दर्जन भन्दा बढी भिडियो तथा ‘आरम्भ’ नामक एकल भिडियो, ‘फर्चुन अ लाइफ’ मुभीमा डेव्यु गरेका राईको ‘माई प्रमिस’ सुरज सुब्बा नाल्बोले डाइरेक्सन गरेका छन् । ‘माइ प्रमिस’ व्यवसायीकरुपमा स्थापित बनाउँदै लगेका राई आगामी दिनमा आउने ‘जिग्री’को तयारीमा रहेको बताएका छन् । उनले अमेरिकामा भइरहेको नेपाली फिल्म फेस्टिभलका लागि अमेरिकाका विभिन्न संघ संस्था तथा सम्बन्धीत निकायसँग सहकार्यका लागि व्यस्त भएको बताएका छन् । ग्रीन इन्टरनेशन क्लब नेपालको अध्यक्ष समेत रहेका राई निकट भविष्यमै आउन लागेको मेङ्ग हाङ्ग फिल्मस कम्पनी न्युयोर्कको व्यानरमा आउन लागेको ‘रैतीको राजा’ नामक फिल्ममा मुख्य भूमिकाका लागि प्रोड्युसर सुरज नाल्बोसँग सम्झौता भइसकेको पनि जानकारी दिएका छन् । न्युयोर्कमा रहेका राईले किराँत राइ च्याप्टर न्युयोर्कको कार्यक्रमहरुमा पनि सहभागीता जनाइरहेका छन् । नेपाली चलचित्र संघ, नेपाल कलाकार संघको आजीवन सदस्य रहेका राई भविष्यमा फिल्म उद्योगलाई सकारात्मक परिवर्तनसहित सफलताको उचाइमा पु¥याउनका लागि सदैव लागि पर्ने बताएका छन् । माइ प्रमिस’अमेरिकाको न्युर्योकमा जुलाई ९ का दिन दिउँसो ३ बजे 400876 street, Elmhurst NY 11373 मा प्रर्दशन गरिने पनि राइले जानकारी दिएका छन ।

प्रकाशित मिति : २१ असार २०७४, बुधबार  १० : २६ बजे