१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

स्थानीय तहको निर्वाचनबाट एमाले पहिलो दल, कांग्रेस दोस्रो, माअोवादी तेस्रो


२२ असार २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतगणना तीनै प्रदेशमा जारी रहेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लामा रहेका ३३४ तहमा बुधबार मतदान सम्पन्न भएको थियो ।

दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बिहीवार विहानसम्म ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।

 

अहिलेसम्म १४२ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १० स्थानमा एमालेको अग्रता छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले ११७ स्थान जितेको छ । मतगणना भइरहेकामा कांग्रेसको अग्रता ४ स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्र ३७ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ । माओवादीले मतगणना भइरहेको एक स्थानमा अग्रता लिइरहेको छ ।

संघीय समाजवादी फोरमले ७ स्थानीय तह जितेर चौथो स्थान सुरक्षित गरेको छ । उसले अझै एक स्थानमा अग्रता लिइरहेको छ ।

फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार  १२ : २३ बजे