३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

‘सिके र केपी अोली एक सिक्काका दुइ पाटा, एमाले सत्तामा अाए देश टुक्रन्छ’


३ श्रावण २०७४, मंगलबार  

0
Shares

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले सत्तामा पुगे देश टुक्रने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले भने,‘सिके राउत र केपी ओली एउटै सिक्काका दुईवटा पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ, एमालेले अहिले डबल स्ट्याण्ड देखाईरहेको छ, शान्तिपूर्ण निकासको बाधक एमाले हो।’

उनले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी भएको समेत आरोप लगाए । उनले थपे,‘राप्रपाले समेत संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने प्रतिबद्धता जनाईसकेको अवस्थामा एमालेले संशोधनलाई रोक्ने प्रयास गरिरहेको छ, त्यसैले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी हो।’

 

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार  ४ : ४४ बजे