७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकाको दुवै सदनबाट पारित


१३ श्रावण २०७४, शुक्रबार  

0
Shares

वासिङटन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छाविपरित अमेरिकी सिनेटले रूस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव भारी मतले पारित गरेको छ ।

यसअघि तल्लो सदनले पनि उक्त विधेयक भारी मतले पारित गरेको थियो ।  सिनेटमा ९८ मत प्रस्तावको पक्षमा खस्यो भने २ मत मात्र विपक्षमा खस्यो । उक्त विधेयक अब राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुग्नेछ र राष्ट्रपति ट्रम्ले हस्ताक्षर गरेको खण्डमा कानुन बनेर अाउनेछ ।

अब के होला ?

पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्प रूससँग सम्बन्ध सुधारको पक्षमा थिए । पछिल्लोपटक रूसी राष्ट्रपति भ्लादमिर पुटिनसँग उनको सम्बन्ध सुधार हुदै अाएको पनि थियो । संसदको यो गतिविधिले रूस चिढिने सम्भावना बढेको छ ।

यसले गर्दा ट्रम्ले विशेषाधिकार अर्थात भिटो लगाएर उक्त विधेयक उल्ट्याइदिन सक्छन् ।

यद्यपि ट्रम्पले भिटो लगाइदिएमा अमेरिकी संसदको दुइ तिहाइ बहुमतबाट उनको भिटो पनि उल्ट्यादिन सक्छ ।

-भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार  १० : ०३ बजे