५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

भरतपुर वडा १९ मा पुनः मतदान गर्न सर्वोच्चको अादेश


१५ श्रावण २०७४, आइतबार  

0
Shares

काठमाडौं। सर्वोच्च अदालतले निर्वाचन अायोगको निर्णयलाइ सदर गर्दे भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुने फैसला सुनाएको छ।

अाइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट खारेज गर्दै पुनः मतदान गर्ने आयोगको निर्णय कानुनसम्मत रहेको जनाएको हो।

जेठ २१ गते सर्वोच्चमा दायर भएको रिट धेरै पटक सरेर अाज सुनुवाइ भएको हो ।

नेकपा एमालेले मत गणना पहिलेकै ठाउँबाट थाल्नुपर्ने अडान लिएको थियो भने माओवादी केन्द्र र कांग्रेसले पुन: मतदान हुनुपर्ने अडान लिएको थियो। निर्वाचन आयोगले यस विषयमा छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा छानबिन टोली गठन गरेको थियो। टोलीको प्रतिवेदनपछि आयोगले मत गणनाका क्रममा च्यातिएको मतपत्र संख्या किटान गर्न निर्देशन दिँदै प्रकृयालाई लम्ब्याएको थियो।

९० वटा मतपत्र च्यातिएको प्रतिवेदन आएपछि दुई दिनसम्म बसेको बैठकले कुनै निश्कर्ष निकाल्न सकेको थिएन। त्यसपछि आयोगले कानुनी प्रावधान उल्लेख गर्दै पुनः मतदानको निर्णय गरेको थियो।

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार  ८ : ०६ बजे