काठमाडाैं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १,११ पुगेको छ । ३५ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताए । गृहमन्त्री शर्माले उद्धार र राहत वितरणमा सम्पुर्ण शक्ति, श्रोत र सादन परिचालन गरिएको जानकारी गराएका छन्।
उनले मंगलबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै सो कुरा जानकारी गराएका हुन् ।
शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । ३ हजार ७ सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
पीडितहधको उद्धारका लागि २६ हजार ७ सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि सेनाका ७ र ६ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।