५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

सूर्य र शक्तिमायालाइ तामाङ मिडिया अवार्ड प्रदान


२ भाद्र २०७४, शुक्रबार  

0
Shares

काठमाडाैं । २३ अाैं तामाङ प्रसारण दिवसको अवसर पारेर तामाङ सञ्चार समूहले रेडियो नेपालका सूर्य मोक्तान र बिबिसि नेपाली सेवा नुवाकोटकी प्रतिनिधि शक्तिमाया तामाङलाइ तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका माझ सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले सञ्चारकर्मीद्वयलाइ नगद पाँचहजारसहित अवार्ड प्रदान गरेका हुन् ।

तामाङ विषयवस्तुमा निरन्तर काम गरेका कारणले सूर्यलाइ र नुवाकोटको विकट क्षेत्रका विषयलाइ उठान गरेका कारण शक्तिमायालाइ अवार्ड दिन छनोट समितिले उचित मानेको छनोट समितिका संयोजक प्रतीक ङेसुर तामाङले बताए ।

उक्त अवसरमा तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले सञ्चार मन्त्रालयले तामाङ भाषामा अझै पनि विभेदकारी नीति लादिरहेकोले यसबारे चाँडै नै राज्यले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार  ५ : २४ बजे