६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उमेदवारी


४ भाद्र २०७४, आइतबार  

0
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ महाधिवेशनमा अध्यक्षका लागि पाँच जना प्रतिस्पर्धामा उत्रिएका छन् । केन्द्रीय निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार महासंघको अध्यक्ष पदका लागि इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइरला र भावना विद्रोहीले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

उमेदवारी दिनेमध्ये गोविन्द अाचार्यलाइ प्रेस युनियन र प्रेस सेन्टरको समर्थन छ भने तीर्थ कोइरालालाइ प्रेस चाैतारी र प्रेस सोसाइटीको समर्थन रहेको छ । राउत, मगर र विद्रोही स्वतन्त्र उमेदवार हुन् । मगर वर्तमान कार्यसमितिका महासचिवसमेत हुन् । धेरैले मगरले उमेदवारी फिर्ता गरी अाचार्यलाइ समर्थन गर्ने जनाएपनि उनले उमेदवारी फिर्ता लिएनन् ।

नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

उपाध्यक्ष खुल्लामा तीनजनाको उमेदवारी परेको छ । एकजना उपाध्यक्षका लागि प्रेस युनियन र प्रेस सेन्टरको समर्थनमा विपुल पोखरेल मैदानमा छन् भने चाैतारीका तर्फबाट मात्रिका पाैडेल उमेदवार बनेका छन् । दिपक पाठकले पनि उपाध्यक्षमा उमेदवारी दिएका छन् । उनी एमाले समर्थित चाैतारीकै हुन् । यसअघि पाैडेल र पाठकबीच ठुलो विवाद भएकोले पनि पाठकले पाैडेलविरूद्ध उमेदवारी दिएको बुझिएको छ ।

समावेशी उपाध्यक्षका लागि दिलिप थापामगर र महेश दासको उमेदवारी परेको छ ।

महासचिवमा बालकृष्ण बस्नेत र रमेश विष्टको उमेदवारी परेको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ६ : ४८ बजे