१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आफ्नै सवारीले ट्रायल दिन पाइने


५ भाद्र २०७४, सोमबार  

0
Shares

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आफ्नै सवारीसाधनबाट ट्रायल दिन पाइने भएको छ ।

सर्वोच्च अदालतले आफ्नै सवारी साधानमार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो ।

आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो खोलिदिएको छ ।

यसअघि यातायात व्यवस्था विभागले सीमित कम्पनीका सवारी साधनबाट मात्रै ट्रायल दिन पाइने व्यवस्था गरेको थियो ।

परीक्षार्थीले ट्रायल दिँदा सवारीसाधन प्रयोग गरेबापत निश्चित रकम कम्पनीलाई बुझाउँदै आएका थिए ।

विभागका प्रवक्ता टोकराज पाण्डेले अदालतले आदेश दिएको सुनेपनि विभागमा आधिकारिकपत्र आइनसकेको बताए । नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार  ८ : २० बजे