६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

प्रम देउवा भारतमा, विदेशमन्त्री स्वराजद्वारा स्वागत


७ भाद्र २०७४, बुधबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । बुधवार विहान दिल्ली गएका देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । त्यस्तै प्रधानमन्त्री देउवालाइ भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख भरत रेग्मी लगायतले स्वागत गरेका थिए । यस अघि भारत भ्रमणमा आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री के.पी. शर्मा ओलीलाइ पनि स्वराजले नै स्वागत गरेकी थिइन् ।

देउवा नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका हुन् । देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्, जहाँ उनी बस्नेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०७४, बुधबार  ३ : १४ बजे