९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

एनआरएन अमेरिकाबाट बाढीपिडितलाई २५ लाख सहयोग पठाउदै


Ang

८ भाद्र २०७४, बिहिबार  

0
Shares

एनआरएन अमेरिकाले नेपालको बाढिपहिरोमा परि दुख भोग्नु परिरहेका लागी तत्काललाई राहत स्वरुप २५ लाख रुपिया तुरुन्तै पठाउने निर्णय गरेको छ । ‘ नेपालमा यतिखेर बाढीपिडितहरुले भोग्नु परेका दुखमा हामीले संकलन गरेको ६ हजार ६ सय ७१ डलरमा तत्कालको लागी २५ लाख रुपिया पठाउने निर्णय गरियो ‘ एनआरएन अमेरिकाको अध्यक्ष डा केशव पौडेलले एभरेष्टटाइम्सलाई बताए ।

उक्त रकम आइसिसिको बाढीपिडित राहत कोषमा पठाउने निर्णय गरेको उनले बताए । अध्यक्ष पौडेलका अनुसार नेपालमा बाढीपहिरोमा दुख भोग्नु परेकालाई तत्काल राहतसंगै सहयोग गर्नका लागी एनआरएन एनसिसि अमेरिकाको तर्फबाट क्षेत्रिय संयोजक सोनाम लामा, उपसंयोजक एसि शेर्पा र बोर्ड अफ डिरेक्टर मोहन ज्ञवालीले आइसिसिसग सहकार्य गदै वितरणमा सरिक हुन त्यस तर्फ प्रस्थान गरिसकेको छ ।

एनआरएन अमेरिकाको यो कार्यसमितिले भुकम्पको पिडितको लागी आइसिसिलाई २ करोड नेपाली रुपिया हस्तन्तरण गर्नुको साथै एनसिसि अमेरिका मार्फत ५० लाख रुपिया भुकम्प पिडितहरुलाई राहत, स्वास्थ्य सेवा र विद्यालय पुर्ननिर्माणमा सहयोग पुर्‍याएको अध्यक्ष पौडेलले बताए ।

यस पटक बाढीपहिरोमा सगुनले ५ हजार डलर, आरसि सोनाम लामाले दुई हजार डलर, उपसंयोजक एसि शेर्पाले २ हजार डलर, टेक्सास च्याप्टरले एक हजार डलर दिएको छ । त्यस्तै धेरै एनआरएन सदस्यहरुले आर्थिक सहयोग गरेको छ । राहत दिने क्रममा एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षको उम्मेद्धवरहरुमा डा केशव पौडेलले ५ सय १ डलर , गौरि जोशिले ५ सय डलर, राम सि पोखरेलले १ सय ५१ डलर, कृष्ण पोखरेलले ५१ डलर र रविना थापाले २७ डलर आर्थिक सहयोग गरेको छ ।

कसले कति सहयोग गरे तल हेर्नुस

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार  ९ : ५४ बजे