२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

न्युयोर्कमा याङजीले जितिन ७ मिलियन डलरको लोटरी


Ang

१६ भाद्र २०७४, शुक्रबार  

0
Shares

न्युयोर्क- न्युयोर्कमा बसोबास गदै आएकी २६ बषिर्य याङजी शेर्पाले ७ मिलियन डलरको लोटरी जितेकी छिन । सोलुखुम्बुको शेर्पाले गत जुलाईको १७ तारिख २ डलरमा किनेको क्यास फर लाइफको लोटरीले ७ मिलियन डलरको चिट्टा जितेकी हुन ।

‘ लोटरी काटेको वितिकै बेलुकी कामबाट आएर चेक गर्दा ज्याकपर्ट विनर परेको देख्दा निकै आश्चार्यमा परे’ याङजीले भनिन -‘ शुरुमा मलाई ज्याकपट परेको भनेर विश्वास गर्ने गार्‍हो भयो धेरै पटक हेरे तैपनि चित्त नबुझेर दुई दिनपछि सम्बन्धीत निकायमा बुझन जादा बल्ल थाहा भयो’ उनले भनिन -‘ लोटरि जितेको सर्टिफिकेट पाएपछि उनीहरुले मलाई जितेको रकम हरेक दिनको लिने वा एकै चोटि लिने भनेर सोधेपछि मैले एकैचोटि लिने भने अनुसार तीन हप्ता पछि पत्रकार सम्मेलन गरेपछि बैकले पैसा पठाउने प्रक्रिया शुरु गरेपछि मात्र ढुक्क भयो’ ।

उनले जितेकी ज्याकपट भनेको हरेक दिनको १ हजार डलरको दरले जीवनभरि पाउने पैसा हो । तर उनले दिनैपिच्छे नलिइ एकैचोटि लिने निर्णय गरेकी छिन ।  एकै चोटि लिदा २० वर्षलाई आधार मानेर सबै करहरु काटेर  शेर्पाले ४३ लाख ६० हजार डलर पाएकी छिन । ‘ लोटरीबाट यति धेरै पैसा पाउछ भनेर सोचेको थिएन मेरो भाग्यनै मान्नुपर्छ यति ठुलो लोटरि जित्छन भनेर अब यो पैसाले आफनो परिवारको लागी एउटा घर किन्ने योजना बनाएको छु बाकी सोचिरहेको छु’ ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  १० : १७ बजे