२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

एनआरएन अमेरिकाको निर्वाचन सकियो ।


Ang

२२ भाद्र २०७४, बिहिबार  

0
Shares

एनआरएन अमेरीकाको नया नेतृत्वको निर्वाचन बुधबार मध्यरातमा सम्पन्न भएको छ ।  सेप्टेम्बर ५ तारिख मंगलवार बिहान ८ बजेदेखि शुरु भएको निर्वाचन ६ तारिख बुधबारको मध्यरातमा सकिएको हो । कुल १४ हजार ५ सय मतदाता रहेको एनआरएन अमेरीकाको यो निर्वाचनमा ९ हजार २ सय ८२ मत अर्थात ६४ प्रतिशत मत खसेको निर्वाचन कमिटिको संयोजक बन्दीता दाहाल शर्माले जनाएको छ । निर्वाचनमा एनसिसि कार्यसमिति, च्याप्टर संयोजक सहित पदाधिकारीहरु र आइसिसिको सदस्यहरुमा २ सय २७ जनाले उम्मेद्धवरी दिएका थिए । यस अघि विदाको दिन निर्वाचन परेकोले यो भन्द धेरै मतदाताले मतदान गरेका थिए भने यस पटक विदा नभएको समयमा निर्वाचन गरेकोले धेरै मतदाताले मतदान गर्न नपाएको दुखेासो मतदाताहरुले गरेका छन । निर्वाचनको नतिजा विहिबार सार्वजनिक गरिने भएको छ ।

कसको संभवना बलियो ?
विभिन्न राज्यहरुमा गरेको सर्भेक्षण अनुसार एनआरएन अमेरिकाको यो निर्वाचनमा पनि अध्यक्ष पदमा डा केशव पौडेलले नै जित्ने प्रवल सम्भावना देखिएको छ । निर्वाचनको समयमा ठुला राज्यको रुपमा रहेको न्युयोर्क, टेक्सास र क्यालिफोर्निया राज्यका विभिन्न व्यक्तिहरुसग एभरेष्टटाइम्सले गरेको सर्भेक्षणको अनुसार बरिष्ठ उपाध्याक्षमा सुनिल शाह र तेम्बा वीच प्रतिष्प्रर्धा हुने भएको छ । त्यस्तै महासचिवमा विआर लामा, सुर्य लम्साल र महेस मल्लको विच प्रतिष्प्रर्धा भएपनि धेरै जसो पदहरु डा पौडेलकै प्यानलको अग्रसरता रहेको बुझिएको छ । कसले कति बढि मतले जित्यो भन्ने आधिकारिक परिणाम विहिबार मात्र आउने निर्वाचन कमिटिले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार  ४ : १८ बजे