२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

एनअारएन अमेरिकाको अध्यक्षमा पुन केशव पाैडेल निर्वाचित, पदाधिकारीमा कसले मारे बाजी ?


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

न्युयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाकामा पुन डा केशव पाैडेल निर्वाचित भएका छन् । स्थानीय समयअनुसार बिहिबार साँझ मतपरिणाम सार्वजनिक गर्दै निर्वाचन अायोगले सन् २०१७-२०१९ कार्यकालका लागि पुनः डा. केशव पौडेल निर्वाचित भएको घोषणा गरेको हो ।
सेप्टेम्बर ५ र ६ गरी दुइ दिनको मतदानपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार डा. पौडेलले ४,२२९ मत पाएका छन् ।  उनको निकटतम प्रतिद्वन्दी रविना थापाले ३,०८५ मत ल्याएकी छन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी राम सी पोखरेलले ९६४ मत पाएका छन् भने कृष्ण पोखरेलले ७८३ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा टेक्ससका सुनिल साह निर्वाचित भएका छन् । शाहले ४१४५ मत प्राप्त गरेका छन् । त्यस्तै चार उपाध्यक्षहरुमा रामकुमार सुवेदी, राधा पौडेल, जेदु पोखरेल र उमा थापा कार्की निर्वाचित भएका छन् । महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन विजयी भएका छन् ।
महिला संयोजकमा इन्दिरा त्रिपाठी निर्वाचित भएकी छिन् । युवा संयोजकमा स्वराज खाती  निर्बिरोध चुनिए ।
कार्य समिति सदस्यहरूमा डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।
एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजयी भएका छन् ।

न्युयोर्क च्याप्टरमा रामहरि अधिकारी

एनअारएन अमेरिका न्युयोर्क च्याप्टरमा रामहरि अधिकारी निर्वाचित भएका छन् । १००७ मतका साथ उनी निर्वाचित भएका हुन् । त्यसैगरी च्याप्टर उपाध्यक्षमा बिष्णु रानामगर, सचिवमा महेशकुमार खड्का विजयी भए ।
बिभिन्न च्याप्टरमा को को बिजयी भए यसका लागि यो लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ९ : ३३ बजे