२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

भवन भट्टद्वारा एनअारएन अध्यक्षमा उम्मेदवारी घोषणा


३१ भाद्र २०७४, शनिबार  

0
Shares

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएन)का वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार पत्रकारसम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा उमेदवारी दिने घोषणा गरेका हुन् ।

भट्टले यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउनेलगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार  ५ : ०२ बजे