३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

यस्ता छन् नेपाल आइडलका ‘टप थ्री’


३१ भाद्र २०७४, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

सेप्टेम्बर २२ मा नेपालले पहिलो नेपाल आइडल पाउने भएको छ । सेप्टेम्बर ८ मा सागर आलेलाई पन्छाउँदै बुद्ध लामा, प्रताप दास र निशान भट्टराई फाइनलमा प्रवेश गरेका छन् ।

एपीवान एचडी टेलिजिभनको आयोजनामा भएको गायन रियालिटी शो कतारमा हुने भएको छ । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछ ।

फाइनलमा पुगेका प्रतियोगीमध्ये सेप्टेम्बर १२ मा बुद्धले पोखरामा र निशानले मोरङ पुगेर र प्रतापले सेप्टेम्बर १३ मा लगनखेल र झरुवारासी पुगेर लगभग चार महिनापछि आआफ्नो परिवार, आफन्त एवं शुभचिन्तकसँग प्रत्यक्ष भेटघाट एवं खुसीयाली साटे ।

निशान भट्टराई


ठेगानाः उर्लाबारी, मोरङ
उमेरः २१ वर्ष
शिक्षाः बीबीएस अध्ययनरत
गजल र आधुनिक शैलीका गीत बढी मन पराउने निशाल भट्टराई नेपाल आइडलमा उत्कृष्ट ३ आइपुगे । उत्कृष्ट चारमा तेस्रो हुदैं निशान टप थ्रीमा परेका हुन् । सानैदेखि गीतसंगीतप्रति रुचि एवं परिवारको साथ र सहयोगले गायन क्षेत्रमा लाग्न आफूलाई सहज भएको उनको भनाइ छ । अहिले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका उनले यसअघि विशाल राई, यशोधा शाक्य र कमला खनालसँग पनि केही समय संगीत सिकेका छन् ।

बुद्ध लामा


ठेगानाः नयाँबजार, पोखरा
उमेरः २० वर्ष
शिक्षाः प्लस टु अध्ययनरत
अन्तिम ४ मा सबैभन्दा धेरै भोट प्राप्त गरी फाइनलमा पुग्न सफल बुद्ध लामा धादिङका हुन् । कामका सिलसिलामा उनको परिवार पोखरामा छन् र बुद्ध पनि उतै हुर्के । नेपाल आइडलका लागि पोखराबाट अडिसन दिएका उनी तीर्थराज पोखरेलसँग संगीत सिकेका छन् । नारायणगोपाल, भक्तराज आचार्य र अनिल सिंहको स्वर मन पराउने उनी पुराना र आधुनिक शैलीका गीत बढी मन पराउँछन् । मेहेनत र सबैको मायाले यहाँसम्म आइपुगेको र अब पनि सबैको माया पाउने उनले अपेक्षा लिएका छन् ।

 

प्रताप दास


ठेगानाः झरुवारासी, ललितपुर
उमेरः २२ वर्ष
शिक्षाः स्नातक (अध्ययनरत)
डेन्जर जोन, बटम थ्रीमा पर्दै आएका प्रताप दास अन्तिम चारबाट दोस्रा हुदैं फाइनलमा प्रवेश गरे । नारायणगोपाल र कर्णदासको स्वर मन पराउने प्रताप दास प्रायः सबै प्रकारका गीत गाउन र सुन्न मन पराउँछन् ।
पारिवारिक वातावरण नै सांगीतिक भएकाले आफूलाई यस क्षेत्रमा लाग्न र अघि बढ्न सजिलो भएको उनको भनाइ छ । प्रतापले धनबहादुर गोपाली र बद्री बहादुरसँग लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका छन् । गायन बाहेक प्रतापका मुस्कान धेरैको प्रिय रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार  ५ : २१ बजे