२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

नेपाल विश्वकपको लागि छनोट


१ आश्विन २०७४, आइतबार  

0
Shares

काठमाडौं । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच विकेटले हराएको हो ।

सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ ।   हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४.४ ओभरमा पूरा ग¥यो । प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए । नेपालले खेलको १४ औँ ओभरमा दुई विकेट गुमाएको थियो ।

बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।
हङकङका हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन तीन विकेट लिए भने अनिलकुमार र दीपेन्द्रसिंहले एक एक विकेट लिए । हङकङका दुई ब्याटसम्यान रनआउट भएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ५ : ४० बजे