संयुक्त राष्ट्र संघको ७२औ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मगलबार न्यूयोर्क आइपुगेका छन् । अमेरिका आइपुग्दा प्रधानमन्त्री देउवालाई जेएफके विमानस्थलमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका महाबाणिज्यदुत मधु मरासिनि बाणिज्यदुत कृषु क्षेत्रीले स्वागत गरेका थिए । त्यस्तै विमानस्थलमा स्वागतका लागी नेपाली जनसम्पर्क समितिका सभापति आनन्दा विष्ट, समितिको पुर्व महाधिबेसन संयोजक विष्णु सुवेदी, समितिका सल्लाहकारहरु विद्या सागर योन्जन, आङ दावा शेर्पा र मिङमार शेर्पा उपस्थित थिए । त्यस्तै एनआरएनका परराष्ट्र मन्त्रालयका सल्लाहकार खगेन्द्र क्षेत्री पनि स्वागतका लागी पुगेका थिए ।
राष्ट्रसंघमा केही दिनदेखि भइरहेको महासभामा नेपालको प्रतिनिधित्व गदै आइपुगेका प्रधानमन्त्री देउवाले शनिवार महासभालाई सम्बोधन गर्ने भएको छ । उक्त दिन प्रधानमन्त्री देउवाले राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरसंग द्विपक्षीय भेटवार्ता गर्ने भएको छ । देउवाले विहीवार अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसाग द्विपक्षीय भेटवार्ता गर्ने भएको छ । विहीवार नै प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने शुक्रवार इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसग पनि भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रि देउवाले विहिबार जनसम्पर्क समितिका पदाधिकारीहरुसग र शनिबार नेपाल कन्सुलेटको आयोजनामा सार्वजनिक कार्यक्रममा सहाभागी हुने भएको छ ।