१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जानकी गुरुङद्वारा एनआरएन सचिवमा उमेदवारी


१५ आश्विन २०७४, आइतबार  

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली महासंघ(एनआरएन आइसिसी)को आगामी कार्यकालका लागि केन्द्रीय सदस्य जानकी गुरुङले उमेदवारी दिएकी छन् । एनआरएन आइसिसीको ८ औं विश्व सम्मेलन अक्टोबर १४ देखि २७ सम्म काठमाडौंको बौद्धस्थित ह्यात रिजेन्सी होटलमा हुदैंछ ।
यसअघि एनआरएन बेल्जियमकी अध्यक्षसमेत रहेकी गुरुङले नागरिकता निरन्तरतालगायतका टास्क फोर्समा रहेर काम गरिसकेकी छन् । उनले आफ्नो उमेदवारीका आधारहरु प्रस्तुत गर्दै घोषणपत्र समेत सार्वजनिक गरेकी छन् ।

एनआएएनएको दूरगामी दृष्ट्रिकोण अन्तर्गत मार्गचित्र ‘भिजन २०२० एण्ड वियोण्ड’ लाई सफल बनाउनु पनि उनले आफ्नो उदेश्य रहेको बताएकी छन् । त्यसैगरी संघले अघि सारेका भूकम्पपीडितको लाप्राक नमुना बस्ती निर्माण, केन्द्रीय कार्यालय भवन निर्माण, एनआरएन पार्कलगायतका परियोजनाहरु सफल बनाउन पनि आफुले पहल गर्ने जनाएकी छिन् ।

यस्तो छ गुरूङको घोषणापत्र

 

प्रकाशित मिति : १५ आश्विन २०७४, आइतबार  ६ : ४६ बजे