६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एनआरएन उपाध्यक्षमा खगेन्द्र जिसीको उम्मेदवारी, यस्ता छन् उनका एजेन्डा [भिडियो]


१७ आश्विन २०७४, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क 

गैर आवासीय नेपाली संघ(एनआरएन)को अधिकार प्राप्तिका लागि लड्दै आएका कानुन व्यवसायी खगेन्द्र जिसीले अमेरिकाबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नागरिकता निरन्तरताका लागि अाफ्नो जोड रहेको उल्लेख गर्दै अाफ्नो उम्मेदवारी प्रकाश पारेका छन् । एनआरएन आइसिसिको नागरिकता निरन्तरता समितिको उपसंयोजक जिसीले अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट कानूनमा मास्टर र फोर्डम युनिभर्सिटीबाट जुरिस्ट डक्टरेट गरि विगत २५ वर्षदेखि अमेरिकामा कानुन व्यवसाय गर्दै आएका छन् ।

न्युयोर्कको व्यस्त म्यानह्टनमा क्षेत्री एण्ड ल एसोसियट फर्मको सञ्चालक जिसीले सुपर लयरको उपाधिसमेत प्राप्त गरिसकेका छन् । उनी अमेरिकी बार एसोसियसन, न्युयोर्क बार एसोसिएसन र इन्डो नेपाल बार एसोसिएसनका महासचिव हुन् । अमेरिकी कानुनी व्यवसायसँगै सामाजिक कार्यमा पनि क्रियासिल क्षेत्री एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा नेपाल सरकारको एनआरएन परराष्ट्र सल्लाहकार हुन् । उनी एलायन्स फर डेमोक्रेसी एन्ड ह्युमन राइट्सको संस्थापक अध्यक्ष हुन् ।

यस्ता छन् उपाध्यक्षका उम्मेदवार जिसीका एजेन्डा

नागरिकता निरन्तरतामा संविधानमा व्यवस्था भएको २ वर्ष भएपनि नेपाल जाँदा नेपाली नागरिक सरह कुनै सुविधा नपाएको उल्लेख गर्दै जिसीले पहिलो मुद्दा यही हुने बताए । ‘विदेशमा बस्ने नेपालीले पाउनु पर्ने नागरिकताको अधिकार, सांस्कृतिक र आर्थिक अधिकारबारे लामो समयदेखि लाग्दै आएकोले यसलाई कार्यान्वयन गर्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’ जिसीले भने, ‘एनआरएनमा लाग्दै आएको मेरो अनुभवकै कारण विश्वमाझ एनआरएनलाई थप उचाईमा पु¥याउने मेरो चाहना छ ।’ उनी एनआरएनकै माग लिएर पटकपटक नेपाल सरकारसमक्ष पुग्नुका साथै अमेरिकामा नेपाल सरकारको प्रमुख आइपुग्दा पनि एनआरएनकै मागलाई अघि सार्दै आएका व्यक्ति हुन् ।

जिसीकै नेतृत्वमा एनआरएन अमेरिकाले संस्थागत रुप लिई सबैभन्दा धेरै १० हजार ७ सय ७६ सदस्य बनाउन सफल भएको थियो । ‘नेपालमा एनआरएनले आर्थिक क्षेत्रमा लगानी र विकास गर्न खोज्दा कुनै पनि कानुनी बाधा नभइकन सजिलो बनाउन र नेपालबाट वैदेशिक रोजगारका लागि दिनहुँ युवाहरु पलायन भइरहेको बेला नेपालमै विभिन्न रोजगारको तालिमको व्यवस्था गरेर नेपाल सरकारसँग एनआरएनले पार्टनरसीपमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने मेरो योजना हो,’ जिसीले आफ्नो योजनाबारे भने, ‘आफु कानुन व्यवसायमा भएकोले नेपालमा पुगेका एनआरएनका परिवार कसैलाई आर्थिक समस्या भए उनीहरुका लागि छिट्टै निशुल्क कानुनी सेवा उपलब्ध गराउने योजना छ ।’ एनआरएनको लाप्राकको योजना र राजधानीमा बन्न लागेको एनआरएन भवनलाई सहयोग गरी संसारभरका एनआरएनलाई एकत्रित पारी नेपालको आर्थिक विकासका लागि दक्ष जनशक्ति उपलब्ध गराउने अर्को योजना रहेको जिसीले जनाए ।

प्रकाशित मिति : १७ आश्विन २०७४, मंगलबार  ७ : १६ बजे