३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

मुख्यमन्त्री कसरी चुनिन्छन् ?


१८ आश्विन २०७४, बुधबार  

0
Shares

काठमाडाैं । निर्वाचन नजिकिएसँगै मुख्मन्त्री को हुने भन्ने विषयमा बहस सुरू हुन थालेका छन् । कतिपय भने मुख्यमन्त्री कसरी छानिन्छन् भन्ने विषयमा पनि अन्योलमा रहेको पाइन्छ । मुख्यमन्त्री कसरी छानिन्छन् त ? यसबारेमा यहाँ प्रकाश पारिएको छ ।

 

प्रदेश सभाको गठन
क० प्रदेश व्यवस्थापिका
यो एक सदनात्मक हुन्छ जसलाई प्रदेश सभा भनिनेछ। सामान्य एक सदनात्मक भनेको व्यवस्थापिका रहन्छ राष्ट्रिय सभा रहदैन।

प्रदेश सभामा देहायबमोजिम संख्यामा सदस्य रहनेछन
क० सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन् आउने सदस्य।
उदारणको लागि प्युठान जिल्लाको २०७० को चुनाब अनुसार २ निर्वाचन क्षेत्र थिए। संबिधान निर्माण पछि पुरै जिल्ला भूगोल र जनसंख्याको आधारमा संघिय कानुन बमोजिम निर्वाचन क्षेत्र कायम गरिदा १ निर्वाचन क्षेत्र रहनेछ र प्रतिनिधि सभामा १ जना व्यक्ति निर्वाचित भएर जानेछ । तर प्रदेशको चुनाब हुदा प्युठानमा २ जना उम्मेदवार निर्वाचित हुनेछन वा मानौ ५ न प्रदेशमा प्रतिनिधि सभाको लागि जम्मा ३० निर्वाचन क्षेत्र हुन्छ जसमा ३० जना व्यक्ति निर्वाचित भएर प्रतिनिधि सभाको प्रतिनिधित्व गर्छ भने प्रदेशमा ६० जना निर्वाचित हुनेछन । उक्त ६० जनालाई ६० प्रतिसत सदस्य मानि ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुनेछन ।
मानौ जम्मा समानुपातिक र प्रत्यक्ष प्रतिनिधि संख्या =X हो भने
X-x*४०/१००=६० जना
(१००x-४०x)/१००=६०
६०x=६० *१००
x=६०००/६०
x=१००
समानुपातिक प्रतिनिधित्व =१००*0.४०= ४० जना )

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिदा जनसंख्याको आधारमा महिला, दलित, आदिबासी जनजाति, खस आर्य, मधेसी, थारु,मुस्लिम, पिछडिएको क्षेत्र अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्नु पर्नेछ।
प्रदेश सभाका सदस्यहरुको निर्वाचन कानुन बमोजिम बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा हुनेछ,
प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने नेपालि नागरिकलाइ कानुन बमोजिम कुनै एक निर्वाचन क्षत्रमा मतदान गर्ने अधिकार हुन्छ।
प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ
एकै व्यक्ति एक भन्दा बढी निर्वाचन क्षेत्रमा एकै पटक उम्मेदवार हुन् पाउने छैन।
यसको पदावधि पाच बर्षको हुनेछ
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भयको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफु मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन

प्रदेश कार्यपालिका
यो प्रदेश मन्त्रिपरिषद हो,
प्रत्येक प्रदेशमा रास्ट्रपतिले एक प्रदेश प्रमुख नियुक्त गर्नेछ

प्रदेश प्रमुखको योग्यता
संघिय संसद्को सदस्य हुन् योग्य भएको,
पैतिस वर्षपुरा भएको
कुनै कानुनले अयोग्य नभएको
प्रदेश मन्त्रिपरिषदको गठन गर्दा प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद गठन हुनेछ यदि प्रदेश सभामा बहुमत नभए दुइ वा दुइ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।
प्रदेश प्रमुखले मुख्य मन्त्रिको सिफारिसमा प्रदेश सभाका सदस्यहरु मध्ये बाट समाबेसी सिद्दान्त बमोजिम मुख्य मन्त्रि सहित प्रदेश सभाको कुल सदस्य संख्याको बिस प्रतिसत भन्दा बढी नहुने गरि प्रदेश मन्त्रि परिसद गठन हुन्छ
प्रदेश सभाको सदस्य नभयको व्यक्ति मुख्य मन्त्रीको सिफारिसमा प्रदेश मन्त्रि हुन् सक्नेछ।

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार  ६ : ३२ बजे