१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनअारएन निर्वाचनः कुन पदमा कसको उम्मेदवारी [सूचीसहित]


३० आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडाैं । गैरअावासीय नेपाली संघकाे निर्वाचन केहीबेरमा सुरू हुदैंछ । निर्वाचनका लागि अध्यक्ष पदमा जमुना गुरूङ र भवन भट्टले उम्मेदवारी दिएका छन् ।

अस्ट्रेलियाकी व्यवसायी जमुनाको प्रस्तावकमा टोनु गोथाने रहेका छन् भने समर्थकमा इन्द्रा वन रहेका छन् । उनलाइ नेपाली कांग्रेसको समर्थन रहेको छ । अध्यक्षका अर्का प्रत्यासी जापानका व्यवसायी भवन भट्टका प्रस्तावकमा  टासी वाङ्दी लामा रहेका छन् भने समर्थनमा खगेन्द्र न्याैपाने रहेका छन् । भट्टलाइ नेकपा एमालेको समर्थन रहेको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावाली अनुसार २ उपाध्यक्षा पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिनेमा कुमार पन्त, खगेन्द्र क्षेत्री, कुल अाचार्य, चिरञ्जिवी थापा, सोनाम लामा र रविना थापा रहेका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राज भण्डारीले उम्मेवारी दिएका छन् ।

महासचिवमा को को ?

महासचिवमा यमकुमार गुरूङ(त्रिलोक), डा बद्रीकुमार केसी र अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महासचिव पदका लागि हालसम्म तीन जना उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एक कार्यकाल महासचिवको पदमा विताईसकेका बद्री केसी पुनः सोहि पदमा आकांक्षी देखिएका छन् । संचालित योजनाहरु एक कार्यकालमा पुरा गर्न असम्भव रहेकोले पुनः महासचिवमा उम्मेदवारी दिन लागेको केसीले बताए । रसियामा कार्यरत केसीले नेपालमा हाईड्रो र चिया प्रशोधन कम्पनीमा लगानी गरेका छन् । एक कार्यकाल महासचिव विताउनुको साथै पुर्व अध्यक्षहरु उपेन्द्र महतो र जिवा लामिछानेको साथ रहेकोले केसी बलियो उम्मेदवार बनेका छन् ।

हङकङ एनआरएनको दुई कार्यकाल नेतृत्व गरेका त्रिलोक गुरुङले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरेका गुरुङले लमजुङमा जन्मेका हुन् । गुरुङ हाल एनआरएनएको केन्द्रीय सल्लाहकार छन् ।
एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा लागि अनुभव र सीपलाई उपयोग गर्ने एजेन्डासहित बेल्जियमबाट आठौं अन्तराष्ट्रिय सम्मेलनमा अर्जुनकुमार श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेल्जियममा डेढ दशक रहेका श्रेष्ठ होटल व्यवसायी ब्यबसायी हुन् । श्रेष्ठ २०१३ देखि २०१५सम्म युरोप संयोजक बनेका थिए ।

त्यस्तै दुइ जना सचिवका लागि जानकी गुरूङ, डम्बर क्षेत्री, डा देवी बस्नेत, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराइ र डम्बर क्षेत्रीको उम्मेद्वारी परेको छ ।

यता कोषाध्यक्षमा हिक्मत थापा, मुक्षेत्र गुरूङको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार  ४ : १२ बजे