काठमाडौं । गैरआवासीय नेपाली संघ(एनअारएनए)को अध्यक्षमा भवन भट्ट विजयी बिजयी भएका छन् । उनी एनअारएनएका निवर्तामान उपाध्यक्ष हुन् ।
उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरिन् ।
१८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए । भट्टको कार्यकाल दुई वर्षको हुनेछ ।
यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।
सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् ।
महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।
अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।
निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् । ६० भन्दा बढी देशका एनआरएनए भेला भएको सम्मेलन गत शनिबार काठमाडौंमा सुरु भएको थियो ।