८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गुरुङ समाज न्युयोर्कमा नयाँ कार्यसमिती, अध्यक्षमा पदम गुरुङ सर्बसम्मत चयन


१४ कार्तिक २०७४, मंगलबार  

0
Shares

एभरेस्ट टाईम्स / न्यूयोर्क ।

गुरुङ (तमु) समाज न्यूयोर्कमा पदम गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

न्यूयोर्कमा गत आइतवार बसेको विशेष भेलाबाट उपाध्यक्षमा सिध्दार्थ गुरुङ, सचिवमा सरिन गुरुङ, कोषाध्यक्षमा विजय गुरुङ, सहसचिवमा मच्छे गुरुङ र सहकोषाध्यक्षमा जंगबहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा राजमान गुरुङ, प्रकाश गुरुङ, कर्ण गुरुङ, अर्जुन गुरुङ, प्रतिमा गुरुङ, खड्गजंग गुरुङ, होमबहादुर गुरुङ, र गौतम गुरुङ निर्वाचित भएका छन् ।

समाजका पुर्व अध्यक्षद्वय नारायण गुरुङ र मेख गुरुङ साथै पुर्व उपाध्यक्ष मिरा गुरुङ सम्मीलित तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्य समिति सर्वसम्मति चयन भएको जनाएको छ ।

नव निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गर्दै निर्वाचन समितीका सदस्यहरु

नवनिर्वाचित अध्यक्ष पदम गुरुङले गुरुङहरु सबैलाई एउटै छातामुनि ल्याई तमु एकताको लागि प्रयास गर्ने बताएका छन् । ‘गुरुङहरु सबैलाई एकै ठाउँमा ल्याउने काम नै हाम्रो पहिलो जिम्मेवारी हो’, उनले भने । तमु समाजमा देखिएका कमी कमजोरीहरुलाई सुधार गरेर लैजाने र समाजमा उठेका आशंकाहरुलाई हटाउँन आफू सधै तयार रहेको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार  १२ : ०५ बजे