४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

न्युयोर्कमा अातंकवादीले ट्रक जोताउँदा अाठको मृत्यु, दर्जन घाइते


१५ कार्तिक २०७४, बुधबार  

0
Shares

न्युयोर्क । न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा एक अातंककारीले ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ। ज्यान गएकाहरूको परिचय समाचारहरूमा उल्लेख गरिएको छैन ।

घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ।

त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए।

लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ।

घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै ‘आतंकवादी आक्रमण’का पीडित र उनीहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “ईश्वर र तपाईँहरुको देश तपाईँहरुसँगै छन्।”

प्रहरीले ठूलो आतंकवादी षड्यन्त्र अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ।

-भ्वाइस अफ अमेरिका

 

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार  २ : ०६ बजे