निर्वाचित भएपछि ब्रुकलिन म्युजियममा मतदातासँग खुसी साटासाट गर्दै मेयर ब्लाजिअो । तस्विरः न्युयोर्क टाइम्स
एभरेस्ट टाइम्स/न्युयोर्क
न्युयोर्क सिटीको मेयरमा ५६ वर्षे बिल दि ब्लाजिओ पुनः निर्वाचित भएका छन् । मंगलबार सम्पन्न स्थानीय निर्वाचनमा डेमोक्रेटबाट उम्मेदवार बनेका ब्लाजिओले ९६ प्रतिशत मतमा ६६ प्रतिशत मत पाउँदै पुनः ४ वर्षका लागि मेयरमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्दी रिपब्लिकन कन्जरभेटिभ पार्टीका निकोल मालिओटाकिसले २७ प्रतिशत मत प्राप्त गरे । न्युयोर्कमा लोकप्रिय ब्लाजिओ डेमोक्रेट पार्टीबाट ३२ वर्षपछि दुईपटक मेयर बन्न सफल व्यक्ति भएका छन । न्युयोर्कको जनता माझ लोकप्रिय ब्लाजिओ सन् २०१३ मा मेयर बनेका थिए ।