न्युयोर्क । ट्रम्प प्रशासनले गएराति निकारागुवाका नागरिकाहरूका लागि लागु गरिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा अन्त्य भएको जनाएको छ ।
यसले अमेरिकामा रहेका हजाराैं निकारागुवानहरू प्रभावित हुने समाचारहरूमा जनाइएको छ । निकारागुवाका २,५०० भन्दा बढीलाइ यस्तो सुविधा उपलब्ध रहेकोमा अागामी जनवरी २०१९ बाट उक्त सुविधा नथपिने ट्रम्प प्रशासनले जनाएको हो ।
निकारागुवामा सन् १९९९ मा हुरिकेन नामक अाँधी अाएपछि त्यहाँका जनतालाइ टिपिएस सुविधा प्रदान गरिएको र थप्दै अाएको थियो ।
हाल अमेरिकाले नेपाललगायत १० मुलुकलाइ टिपिएस सुविधा प्रदान गर्दै अाएको छ । गएको भूकम्पका कारण अमेरिकामा रहेका नेपालीहरूले उक्त सुविधा प्राप्त गरेका थिए । अमेरिकामा अवैध रूपमा रहेका विदेशी नागरिकले उनीहरूको देशमा अापत परेमा अमेरिकी सरकारले प्रदान गर्ने विशेष सुविधालाइ टिपिएस भनिन्छ । टिपिएस पाएकाले सुविधाअवधिभर वैधानिक रूपमा काम गर्न र देश अाउजाउ गर्न पाउँछन् । हाल अमेरिकामा ३ लाख २५ हजारले यस्तो सुविधा उपभोग गरिरहेको विवरण ट्रम्प प्रशासनले उपलब्ध गराएको छ ।